विपिनका आमा र बहिनी इजरायलपछि अब अमेरिकातिर, राष्ट्रसंघमा कुरा उठाउने « Khabarhub

विपिनका आमा र बहिनी इजरायलपछि अब अमेरिकातिर, राष्ट्रसंघमा कुरा उठाउने


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका विपिन जोशीलाई रिहाका लागि अन्तर्राष्ट्रिय दबाब बढाउन आमा र बहिनी अमेरिकातिर प्रस्थान गरेका छन् ।

विगत २४ महिनादेखि बेपत्ता कञ्चनपुरका विपिनको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने उद्देश्यले उनकी आमा पद्मा र बहिनी पुष्पा बुधबार अमेरिका प्रस्थान गरेका हुन्।

यसअघि उनीहरू इजरायल पुगेर पनि दबाब बढाएका थिए। तर ठोस प्रगति नभएपछि संयुक्त राष्ट्रसंघमार्फत् अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्न उनीहरू अमेरिका गएका हुन्।

पद्मा र पुष्पाले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका पदाधिकारीहरूसँग भेट गरी छिटोभन्दा छिटो विपिनलाई सकुशल उद्धार गर्न दबाब सिर्जना गरिदिन आग्रह गर्ने भएका छन् ।

विपिन जोशी कञ्चनपुर निवासी हुन् । सन् २०२३ अक्टोबर ७ मा कृषि तालिमका लागि इजरायलको किब्बुज आलुमिममा रहेका बेला उनी अपहरणमा परेका थिए।

नेपाल सरकारले कूटनीतिक पहल गरे पनि ठोस नतिजा आउन सकेको छैन। परिवार निरन्तर सक्रिय छ । अन्तर्राष्ट्रिय सहयोगका लागि सार्वजनिक अपिल गरेको छ ।

जोशी परिवारले गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीलाई भेटेर विश्वव्यापी पहल गर्न आग्रह गरेका थिए।

त्यसपश्चात संघका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउतले अमेरिका जान आवश्यक सहजीकरण गरिदिएका थिए ।

दुवैको अमेरिका बसाइमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् र राष्ट्रिय समन्वय परिषद् अमेरिकाले प्रत्यक्ष सहजीकरण गर्नेछन्।

क्षेत्रीय संयोजक वेद बस्नेत, एनसीसी अमेरिका अध्यक्ष विकास उप्रेती, आईसीसी सदस्य विष्णु रानामगर, महेश खड्का लगायतको सक्रियतामा उनीहरूलाई सहयोग पुर्‍याउने तयारी भएको छ।

यसअघि गैरआवासीय नेपाली संघ इजरायलले पनि त्यहाँ विशेष कार्यक्रम आयोजना गरी जोशी परिवारप्रति समर्थन जनाउँदै विपिनको रिहाइका लागि अभियान चलाएको थियो ।

यस्तै, मध्यपूर्वका विभिन्न मुस्लिम राष्ट्रमासमेत कूटनीतिक पहल तथा छलफलका लागि गैरआवासीय नेपाली संघले सहजीकरण गर्ने भएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ७ : ०७ बजे

हातमा आफ्नो अनुहारको ट्याटु खोप्ने डाइहार्ट फ्यानलाई गायिका रचनाले के भनिन् ?

काठमाडौं – एक जना डाइहार्ट फ्यानले आफ्नो हातमा गायिका रचना

मोरङ–१ का रास्वपा उम्मेदवार यज्ञमणि न्यौपानेले थाले घरदैलो अभियान

मोरङ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट मोरङ क्षेत्र नम्बर

ठगीको अभियोगमा चार जना पक्राउ

काठमाडौं- प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

मधेशबारे अब काठमाडौंमा फरक बहस हुन्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशबाट निर्वाचन लड्ने निर्णय

धनगढीमा बालेन, उम्मेदवारहरूको सम्पर्क कार्यालय धाउँदै (तस्बिरहरू)

कैलाली– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)