कर्णाली प्रदेश सुरक्षा समन्वय समितिको बैठक सम्पन्न « Khabarhub

कर्णाली प्रदेश सुरक्षा समन्वय समितिको बैठक सम्पन्न


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कर्णाली– प्रदेशको पछिल्लो शान्ति सुरक्षालगायत विषयलाई लिएर बसेको ‘कर्णाली प्रदेश सुरक्षा समन्वय समिति’को बैठक सम्पन्न भएको छ ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा बुधबार बसेको उक्त बैठकमा शान्ति सुरक्षालगायत समग्र अवस्थाबारे छलफल र समीक्षा गरिएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सूर्यमणि गौतमले जानकारी दिए । 

उनका अनुसार बैठकले मुलुकको पछिल्लो परिस्थिति एवं नजिकिँदै गरेको विजयादशमी, दिपावली, छठ पर्वमा यात्रु आवागमनलाई सहज बनाउनतर्फ विशेष सरोकार राख्ने निर्णय भएको छ । 

त्यस्तै, कानुनविपरीत हुनसक्ने आपराधिक घटनालाई नियन्त्रण गर्न सम्बद्ध सुरक्षा निकायसहित सबैले आआफ्नो ठाउँबाट योगदान, समन्वय र सहजीकरण गर्न आह्वान गर्दै शान्तिसुरक्षा कायम गर्ने निर्णय भएको जनाइएको छ । 

बैठकमा प्रमुख सचिव वीरेन्द्रकुमार यादव, उत्तरपश्चिम पृतनापति दिपेशजङ्ग शाह, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वर उपाध्याय, प्रहरी नायब महानिरीक्षक माधवप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरी महेश्वरी बाहिनीका कामु बाहिनीपति विनोदराज श्रेष्ठलगायत प्रदेश तहका सबै सुरक्षा प्रमुखको उपस्थिति थियो । रासस

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ७ : ११ बजे

आजका समाचार : २६ दिनमै गृहमन्त्रीबाट सुधनको राजीनामा, बालेनलाई थप जिम्मेवारी, प्रचण्डले कम्युनिष्ट आन्दोलन पुनर्गठन गर्ने र होर्मुज क्षेत्रमा फेरी आक्रमण

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहलाईराष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयको कार्यभार

गण्डकीमा यसपालि डढेलोका घटना न्यून

गण्डकी– फागुनदेखि जेठसम्ममा डढेलोको उच्च जोखिम रहने भएपनि यसपालि गण्डकी

मल आपूर्तिमा सहजीकरण गर्न मन्त्री चौधरीको पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण

काठमाडौंमा चिनियाँ राजदूत झाङ माओमिङको स्वागतसँगै ‘वसन्तको स्वर’ सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत झाङ माओमिङको

कूटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ : इरान

एजेन्सी– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार कूटनीति राष्ट्रिय