खोटाङको च्यास्मिटारमा अज्ञात व्यक्तिद्वारा दुई घरमा आगजनी « Khabarhub

खोटाङको च्यास्मिटारमा अज्ञात व्यक्तिद्वारा दुई घरमा आगजनी


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

खोटाङ – हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित दाल्फुमा करिब एक घण्टाको अन्तरमा दुई छिमेकीको घर र गोठमा आगजनी भएको छ ।

दाल्फुका स्थानीय दुर्गाप्रसाद राईको घर र बबरसिं राईको गोठमा गएराति अज्ञात व्यक्तिबाट आगजनी भएको हो । दुर्गाप्रसादको घरमा राति करिब १ः२० बजे र बबरसिंको गोठमा करिब २ः०० बजेको समयमा आगजनी भएको स्थानीयले बताएका छन् । अज्ञात व्यक्तिबाट भएको आगजनीमा दुर्गाप्रसादको एउटा गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ । घर र मतानमा भने आंशिक क्षति पुगेको प्रहरी चौकी च्यास्मिटारले जनाएको छ ।

दुर्गा प्रसादको घर र मतानको बीचमा रहेको भैँसी बाँधेको गोठबाट आगो सुरु भएको थियो । रातको समयमा लागेको आगो घर र मतानको छाना उधारेर ठूलो क्षति हुनबाट जोगाएका छन् । स्थानीयले सो आगो नियन्त्रणमा लिएको केही समयपछि करिब तीन मिनेट पर रहेको बबरसिंको गोठमा आगो सुरु भएको जनाइएको छ ।

दुवै घरमा भएको आगजनीबाट राँगा, भैँसी, गाईगोरु र खसीबाख्रालाई भने दाम्लो खोलेर जोगाइएको स्थानीयले बताएका छन् । आगजनीमा दुर्गाप्रसादको अन्दाजी रु तीन लाख र बबरसिंको अन्दाजी रु एक लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिए ।

कसैले योजनाबद्ध तरिकाले दुई घरमा आगजनी गरेको अनुमान गरिएको स्थानीय केसीराज राईले बताउनुभयो । आगजनीमा संलग्नको पहिचानका लागि इलाका प्रहरी कार्यालय हलेसीमा जाहेरी दिइएको पीडितहरूले बताएका छन् ।

च्यास्मिटारमा भएको आगजनीका घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गत वर्ष पनि बबरसिं र उनका छोरा रहरमान राईको घरमा रातको समयमा शृङ्खलाबद्ध तरिकाले आगलागी भएको थियो ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ९ : २७ बजे

चीनले भन्यो : हिमाल र नदीले जोडिएको छिमेकीलाई जलवायु परिवर्तनको मुद्दामा सघाउन तयार छौँ

काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपछि विश्वका प्रमुख हरितगृह ग्यास

हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री शाह

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मित्र राष्ट्रहरू विपद्को घडीमा

बढ्यो ग्यासको मूल्य

काठमाडाैं – सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना

देउवा समूहले अनुमोदन गर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका

काठमाडौं – नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले पार्टीकाे १५औँ केन्द्रीय

चिलिमेको सुरुङमा पुगे राजदूत श्रीवास्तव, उद्धार प्रयास गर्दै भारतीय र नेपाली टोली

काठमाडौं– नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत्