रास्वपाले नख्खु कारागार घटनाबारे छानबिन गर्न समिति बनाउने « Khabarhub

रास्वपाले नख्खु कारागार घटनाबारे छानबिन गर्न समिति बनाउने


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज सम्पन्न भएको छ । मंगबार र बुधबार बसेको बैठकमा केन्द्रीय सदस्यहरूले राखेका मौखिक तथा लिखित प्रस्तावमाथि व्यापक छलफल गर्दै विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरिएको पार्टीले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

बैठकले आगामी कात्तिक १४ र १५ गते केन्द्रीय विस्तारित बैठक गर्ने निर्णय गरेको छ । सो बैठकमा पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनका विषयमा समेत छलफल गरिनेछ ।

यस्तै भदौ २४ गते नख्खु कारागारलगायतका स्थानमा भएका घटनामा पार्टी सदस्यहरूको संलग्नता रहे–नरहेकोबारे सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने निर्णय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिए । त्यस्तै, भदौ २३ र २४ गते भएको आन्दोलनमा राज्य पक्षबाट भएको दमन र हिंसाको छानबिन प्रतिवेदन नआएसम्म तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र सञ्चारमन्त्रीलाई राजनीतिक गतिविधिमा सहभागी हुन रोक लगाउन सरकारको ध्यानाकर्षण गराइने बताइएको छ ।

साथै बैठकले विसं २०४६ सालदेखि उच्च सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न दबाब दिने र जेनजी आन्दोलनका क्रममा नेताहरूको निवासमा भेटिएका अवैध नगद तथा चलअचल सम्पत्तिको सत्यतथ्य जाँच गर्न पनि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

युवासँग सहकार्यका लागि पार्टी केन्द्रीय सदस्य पुकार बमको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको छ । सो कार्यदलले जेनजी उमेर समूहका युवाहरु लगायत नयाँ शक्तिहरूसँग संवाद र सहकार्य गर्नेछ ।

यस्तै, आगामी फागुन २१ गते हुने निर्वाचनका लागि वाचापत्र तयार गर्न उपसभापति डा। स्वर्णिम वाग्लेको संयोजकत्वमा सात सदस्यीय वाचापत्र लेखन समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ९ : ४४ बजे

आज २०८२ साल माघ १४ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १४ गते बुधबार माघ

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश