कृष्ण भुसालको निर्देशनमा महाकाव्यकार दाहालको ‘लालीगुराँसको साटो’ सार्वजनिक « Khabarhub

कृष्ण भुसालको निर्देशनमा महाकाव्यकार दाहालको ‘लालीगुराँसको साटो’ सार्वजनिक


८ आश्विन २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘लालीगुराँसको साटो रक्तरञ्जित भो वन, द्यौराली अनि पाखामा लासको टाकुरा किन ?’ यो पंक्ति केवल गीत होइन, हाम्रो इतिहासको घाउ बोलेको कविताजस्तो लाग्छ । महाकाव्यकार खेमनाथ दाहालले २०६० सालमै लेखेको काव्य ‘योद्धा’ भित्रको यो श्लोक फेरि संगीतसहित पुनर्जीवित भएको छ ।

मंगलबार राजधानीमा मिलापको आयोजनामा गरिएको विशेष समारोहमा गीतको भिडियो सार्वजनिक हुँदै गर्दा सभाहल केवल विमोचनस्थल बनेन, बरू साहित्य, संगीत र इतिहासको संगम स्थलमा रूपान्तरित भयो ।

गीतमाथि कार्यक्रमस्थलमा व्यक्त भएका धारणा सुन्दा लाग्थ्यो, साहित्य र संगीतबीचको पुल बलियो हुँदै गएको छ । दाहालको कलमबाट बगेका शब्दहरू र सन्तोषको स्वरबाट घन्किएको धुनले उपस्थितलाई केवल गीतमात्र होइन, एक ऐतिहासिक सन्देश सुनाइरहेको थियो ।

समारोहमा प्रमुख अतिथि प्राडा. शैलेन्द्रु प्रकाश नेपालले गीतको भिडियो स्विच अन गरेर सार्वजनिक गरेका थिए । उनले दाहाललाई पुरानै परिचयका साथ सम्झिँदै भन्नुभयो, ‘खेमनाथमा विविधताको संगम छ, उहाँका सिर्जनाले त्यो पुष्टि गरेको छ ।’ प्रमुख अतिथि नेपालले भाषा, साहित्य, कला र संस्कृतिका बारेमा आफ्ना धारणा राख्दै संगीतकार सन्तोष र महाकाव्यकार खेमनाथको सहकार्यमा कालजयी गीत आएको धारणा राखे । उनले धेरै पहिला लेखिएको गीत भए पनि अहिले पनि त्यतिकै सान्द्रर्भिक रहेको चर्चा गरे ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले महाकाव्यकार दाहालका सिर्जनाहरूको चर्चा गर्दै उहाँले देश तथा विदेशमा थुप्रै सम्मान प्राप्त गरेको जानकारी राखे । उनले भने ‘गीतजस्तो उत्कृष्ट बनेको छ, भिडियो पनि त्यति नै प्रभावकारी छ ।’

गीतमा स्वर दिएका कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको अनुहारमा एउटा सन्तुष्ट मुस्कान देखिन्थ्यो । उहाँले आफ्नो अनुभव बाँड्दै भन्नुभयो, ‘काव्यका गहिरा श्लोकलाई गीतमा ढाल्नु सजिलो छैन । तर, यही कठिनाइले मलाई फेरि–फेरि यस्तो कामतर्फ तानेको छ ।’ उनले महाकव्यकार दाहालको ‘स्वेतपत्र’ महाकाव्यका श्लोकबाट पहिलो गीत बनाएको बताउँदै यो ‘योद्धा’ काव्यका श्लोक लिएर गीत तयार पारिएको जानकारी दिए ।

यस्तै, ‘नेपाली गजल गायनको स्वर्ण दशक, विसं २०८०–२०९०’अभियन्ता तथा गजलकार घनेन्द्र ओझाले कीर्तिमानी संगीतकार तथा गायक सन्तोष श्रेष्ठ र आफूले सहकार्य गरेर गजल दशक मनाइरहेको बताउँदै सन्तोष नयाँ(नयाँ फरक कार्य गर्न रुचाउने व्यक्तित्व भएको भनाइ राखे । उनले सन्तोष र दाहालको सहकार्यले अझधेरै कालजयी गीत सिर्जना हुने आफूले आशा राखेको बताए । उनले भने , ‘सन्तोष नयाँ प्रयोग खोज्ने सर्जक हुनुहुन्छ, दाहालसँगको सहकार्यले अझ धेरै कालजयी सिर्जना ल्याउनेछ ।’

गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाले महाकाव्यकार दाहाल गीतकारका रूपमा पनि सशक्त प्रस्तुत हुनु आफैंमा गौरवमय भएको जिकिर गरे । उनले महाकाव्यकार दाहालको गीतकारका रूपमा पनि ख्याति बढने धारणा राखे ।

यस्तै महाकाव्यकार दाहालले आफूले विसं २०६० सालमा प्रकाशन गरेको काव्य ‘योद्धा’बाट सन्तोषजीले गायनका रुपमा प्रस्तुत गरेकोमा खुशी व्यक्त गर्दै गीत र भिडियोमा संलग्न सबैमा धन्यवाद ज्ञापन गरे ।

मिलापका सम्पादक कृष्ण भुसालले सहजीकरण गरेको कार्यक्रम वरिष्ठ संगीतकार राजु सिंहको सभापतित्वमा सम्पन्न भएको थियो । संगीतकार सिंहले नेपाली सांगीतिक फाँटमा एउटा कालजयी सिर्जना आएकोमा खुशी व्यक्त गरे । कार्यक्रममा मिलापकी कार्यकारी सम्पादक गीता अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् ।

कार्यक्रममा साहित्यकार लेखनाथ पोख्रेल, चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदी, कवि गजलकार उपप्राध्यापक रूपक अंलकार, साहित्यकार जनक रावल, चलचित्र जाँच समितिका सदस्य कुँवेर गिरी, गायक रमेश पाठक, कलाकार शीला गजुरेल, कला दाहाल, सचिन दाहाल, घनश्याम दाहाल, श्यामा दाहाल, राजेन्द्र दाहाल, दीपा दाहाललगायत व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

योद्धा काव्यबाट साभार यस गीतमा राजु कार्कीको संगीत संयोजन, राजाबाबु थारू, दिल समर्पण र एस.बी.मुस्कानको संगीत सञ्चयक रहेको छ । अकोष्टिक नेपालमा संगीत सञ्चयन रहेको गीतमा प्रकाश मिश्रको संगीतसम्पादन छ । कृष्ण भुसालको निर्देशन एवं राजन खरेलको छायांकन तथा दृश्य सम्पादन रहेको गीतको भिडियोमा खेमनाथ दाहाल, उषा दाहाल, सन्तोष श्रेष्ठ, रमेश दाहाल कृष्ण भुसाल, गीता अधिकारी र मेनका खड्काको अभिनय छ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ११ : १४ बजे

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष