पर्वतमा ६५ करोडको कृषिजन्य वस्तुको कारोबार « Khabarhub

पर्वतमा ६५ करोडको कृषिजन्य वस्तुको कारोबार


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

पर्वत– खाद्यान्न र तरकारीमा आत्मनिर्भर बन्दै गएको पर्वतमा कृषिजन्य वस्तुको कारोबारबाट ६५ करोड ३० लाख बढी भित्रिएको छ । मुख्य छवटा बालीनालीलाई प्राथमिकता दिएर उत्पादन गरिएको कृषिजन्य वस्तुबाट आर्थिक वर्ष २०८१-८२ मा सो परिमाणको कारोबार भएको हो । 

कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीका अनुसार आलु, धान, अलैँची, तरकारीबाली, मकै र सुन्तलाजात फलफूलको बिक्रीबाट जिल्लाभरका कृषकले उक्त कारोबार गरेका हुन् । जिल्लामा मुख्यतया आलु र सुन्तलाको बढी कारोबार हुने गर्दछ । धान, मौसमी तथा बेमौसमी तरकारी, अलैँची र मकै तथा काँक्रोको मूल बीउ समेत उत्पादन गरी बिक्री गरिँदै आएको छ । गत आर्थिक वर्षमा जिल्लामा खाद्यान्न बाली ७२ हजार ९५० मेट्रिक टन उत्पादन भएको थियो । मकै ३३ हजार १२० मेट्रिक टन, गहुँ पाँच हजार २२० मेट्रिक टन उत्पादन भएको छ । 

प्रमुख अधिकारीका अनुसार जौ ५४ मेट्रिक टन, फापर एक सय मेट्रिक टन, कोदो सात हजार ८५० मेट्रिक टन र दलहनबाली ५२७ मेट्रिक टन उत्पादन भएको थियो । जिल्लाभर तेलहनबाली ३६२ मेट्रिक टन, आलु २० हजार ३३० मेट्रिक टन, तरकारी १२ हजार ६१० मेट्रिक टन र सुन्तला चार हजार १५ मेट्रिक टन उत्पादन भएको प्रमुख अधिकारीले बताए । 

जिल्लामा सुन्तलासहित अन्य जातका फलफूलहरू गत आर्थिक वर्षमा १३ हजार ३०७ मेट्रिक टन उत्पादन भएको कार्यालयले जनाएको छ । आलुबाट गत आर्थिक वर्षमा रु सात करोड ७३ लाख, बीउ तथा तरकारीबाट रु करोड ११ करोड, सुन्तलाबाट रु २४ करोड ८४ लाख, मौरीको महबाट रु चार करोड ५० लाख र अलैँचीबाट रु एक करोड ८१ लाख रकम भित्रिएको छ । कृषकलाई हरेक कार्यक्रममा ५० देखि ९० प्रतिशतसम्म अनुदान वितरण गरिएको छ । केन्द्रले आर्थिक वर्ष २०८१-८२ मा रु चार करोडभन्दा बढी अनुदान वितरण गरेको जनाएको छ । 

केन्द्रले गत वर्ष २०३ वटा मिनिपावरटिलर, २५ वटा कुटानी–पिसानी मिल, ४१ वटा स्पे्रयर, पाँचवटा ब्रसकटर वितरण गरेको छ । यस्तै सिँचाइका लागि पाँच हजार ९३५ मिटर लामो पाइप, ७०० वटा हिलट्यांक र ३६७ मिटर लामो कुलो मर्मतका लागि समेत अनुदान वितरण गरेको प्रमुख अधिकारीले जानकारी दिए ।

गण्डकी प्रदेशअन्तर्गतको उक्त कार्यालयमा चालु आर्थिक वर्षका लागि रु पाँच करोड ६४ लाख बजेट विनियोजन भएको छ भने सङ्घ ससर्ततर्फ रु २१ लाख ४३ हजार विनियोजन भएको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ११ : ०६ बजे

‘ज्येष्ठ नागरिकका अनुभव अनुसरणले मुलुकमा समृद्धि प्राप्त हुन्छ’

मोरङ – ज्येष्ठ नागरिकहरूसँग रहेको अनुभव र पारम्परिक ज्ञान युवा

कास्की र नवलपुर गण्डकी प्रदेश टी–२० क्रिकेटको फाइनलमा

कास्की – पोखरामा जारी चौथौ संस्करणको गण्डकी प्रदेशस्तरीय टी–२० पुरुष

वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं – मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

महाकाली पुल निर्माण विवाद : पाटन उच्च अदालतद्वारा अन्तरिम आदेश जारी

महेन्द्रनगर – कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल

आईपीएल : हैदराबादविरुद्ध चेन्नईको मध्यम सुरुवात

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा