ट्रम्पद्वारा क्यानाडासँगको सबै व्यापार वार्ता समाप्त « Khabarhub

ट्रम्पद्वारा क्यानाडासँगको सबै व्यापार वार्ता समाप्त


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार क्यानाडासँग चलिरहेका सबै व्यापार वार्ता तुरुन्तै समाप्त गर्ने घोषणा गरेका छन् ।

उनले क्यानाडाले पूर्व राष्ट्रपति रोनाल्ड रेगनको नाम र वक्तव्यको दुरुपयोग गर्दै करविरुद्धको विज्ञापनमा गलत उद्धरण प्रस्तुत गरेको आरोप लगाए।

‘उनीहरूको गम्भीर र अनुचित व्यवहारका कारण क्यानाडासँगका सबै व्यापारिक नीतिहरू अहिलेबाट प्रतिबन्धित छन्’,  राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखे, ‘रोनाल्ड रेगन फाउन्डेसनले क्यानाडाले छलपूर्वक एउटा विज्ञापनमा नक्कली सामग्री प्रयोग गरेको भन्नेबारे पुष्टि गरेको छ, जसमा रेगनले करको विरोधमा भनिएको गलत अभिव्यक्ति देखाइएको छ ।’

यो घटनाले उत्तर अमेरिकी छिमेकी यी दुई राष्ट्रबीचको सम्बन्धमा नयाँ असामान्य मोड ल्याएको छ । यो घोषणा क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले दुई हप्ताअघि ह्वाइट हाउस पुगेर अमेरिकी भन्सार शुल्कमा सहजता खोज्दै राष्ट्रपति ट्रम्पसँग भेट गरेको केही समयपछि आएको हो । त्यतिबेला ट्रम्पले प्रधानमन्त्री कार्नीलाई ‘विश्व–स्तरीय नेता’ भन्दै प्रशंसा गरेको  र दुवैबीचको छलफलबाट ‘सन्तुष्ट’ भएको बताएका थिए।

तर सो भेटमा ट्रम्पले करमा कुनै छुट दिने वा नीतिगत परिवर्तनको प्रस्ताव गर्नुभएको थिएन । यसबीच, रोनाल्ड रेगन फाउन्डेसनले सामाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गर्दै क्यानाडाको ओन्टारियो प्रान्त सरकारले सन् १९८७ अप्रिलमा रेगनले राष्ट्रलाई दिएको व्यापारसम्बन्धी रेडियो सम्बोधनको ‘छनोट गरिएको अडियो र भिडियो अंश’ प्रयोग गरेको पुष्टि गरेको छ । फाउन्डेसनले उक्त विज्ञापन ‘भ्रामक’ भएको भन्दै यसको कानूनी विकल्पहरूको समीक्षा भइरहेको जनाएको छ ।

ट्रम्पले उक्त विज्ञापन ‘अमेरिकी सर्वोच्च अदालतमा आफ्नो व्यापार शुल्कसम्बन्धी निर्णयमा प्रभाव पार्ने उद्देश्यले बनाइएको’ दाबी गरे।

संयुक्त राज्य अमेरिका र क्यानाडाले अहिले पनि विद्यमान उत्तर अमेरिकी व्यापार सम्झौता ९युएसएमसिए० अन्तर्गत व्यापार गर्दै आएका छन्, जसअन्तर्गत दुवै देशबीचको करिब ८५ प्रतिशत सीमापार व्यापार शुल्कमुक्त छ । 

तर ट्रम्प प्रशासनद्वारा स्टिल, एल्युमिनियम र अटो उद्योगमा लगाइएका विश्वव्यापी भन्सार शुल्कहरूले क्यानाडाको अर्थतन्त्रमा ठूलो प्रभाव पारे । यसका कारण हजारौँ रोजगारी गुम्न पुगेको र उद्योगहरू दबाबमा परेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  १२ : ११ बजे

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर