झापामा दुई पुरुष मृत भेटिए | Khabarhub Khabarhub

झापामा दुई पुरुष मृत भेटिए


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

दमक– जिल्लाको दमक र कमल गाउँपालिकामा आज बिहान एक वृद्धसहित दुई पुरुष मृत भेटिएका छन् ।

इलाका प्रहरी कार्यालय दमकका अनुसार कमल–५ पाडाजुंगी चौक बस्ने ६१ वर्षीय टेकबहादुर खड्का आफ्नै घरमा मृत भेटिएका हुन् । तिहार मान्न श्रीमती कविता खड्का चितवन माइत गएका बेला खड्काले आफ्नै कोठामा मृतावस्थामा भेटिएका थिए । 

घरमा नातिनी श्रृजा निरौलासँगै बसेका हजुरबुबा खड्कालाई बिहानपख उठाउन खोज्दा नउठेपछि ढोका खालेर हेर्दा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

मृतकका २८ वर्षीय छोरा सरोज खड्का २०७९ कात्तिक १६ गते सोही कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । बुवा र छोराको तीन वर्षको अवधिमा एकै किसिमको मरणले स्थानीय बासिन्दा दुखित हुनुपरेको स्थानीय युवराज खड्काले बताए। 
 
यसैगरि दमक नगरपालिका–८ का ७१ वर्षीय अम्बिका खनाल आज बिहान आफ्नै घरमा मृत भेटिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रहरीले दुवै घटनामा कानुनी मुचुल्का पूरा गरी शव पोष्टमार्टमका लागि दमक अस्पतालमा पठाइएको प्रहरी निरीक्षक नविन राईले बताए। 

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  १२ : ५३ बजे

छठपर्वमा सुरक्षाका लागि मधेशमा ‘अप्रेसन आस्था’ लागू

धनुषा- तराई मधेशको मुख्य पर्व छठलाई लक्षित गर्दै शान्ति सुरक्षाका

छठमा धाप ड्यामको पानी बागमतीमा बगाइने

काठमाडौँ- नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारको रौनक सकिएसँगै अब भने

रुकुम पश्चिम जिप दुर्घटना : ज्यान गुमाएकाहरू सबै चर्चबाट घर फर्किँदै थिए

काठमाडौँ- रुकुम पश्चिम जिल्लाको सदरमुकाम मुसिकोटबाट आठबिसकोट नगरपालिका–३ स्यालाखदीतर्फ जाँदै

धानको उचित मूल्य नपाउँदा किसान चिन्तित

सुदूरपश्चिम – आफ्नो बर्खे धानबाली काटेर भित्र्याइसकेका किसान धान बिक्री

आँबुखैरेनीका महिलाले बेचे रु सात लाखको सयपत्री

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकटार महिला लघु उद्यमी समूहले