मेस्सीले गरे इन्टर मियामीसँग तीन वर्ष लामो नयाँ सम्झौता, बार्सिलोनामा फर्किने सम्भावना सकियो « Khabarhub

मेस्सीले गरे इन्टर मियामीसँग तीन वर्ष लामो नयाँ सम्झौता, बार्सिलोनामा फर्किने सम्भावना सकियो


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

मियामी- अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले अमेरिकी क्लब इन्टर मियामीसँग सन् २०२८ सम्म रहने गरी नयाँ सम्झौता गरेका छन्।

क्लबले बिहीबार विज्ञप्ति जारी गर्दै मेस्सीको सम्झौता चार वर्षका लागि थपिएको पुष्टि गरेको हो।

३८ वर्षीय मेस्सी गत वर्ष फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) छोडेर इन्टर मियामी आएका थिए। उनले अमेरिकन मेजर लिग साकर (एमएलएस) मा आएको केही महिनामै क्लबलाई पहिलो अन्तर्राष्ट्रिय उपाधिका रुपमा लीग्स कप दिलाएका थिए।

नयाँ सम्झौताअनुसार मेस्सीले क्लबमा खेलाडीका रूपमा निरन्तरता पाउने नै छन् । त्यससँगै फुटबल विकास र युवा प्रशिक्षण परियोजनामा पनि सक्रिय भूमिकामा देखिनेछन् ।

‘मेस्सी केवल हाम्रो टिमका लागि खेलाडी होइनन्, उनी अमेरिकी फुटबलको सांस्कृतिक परिवर्तनका प्रतीक हुन्। उनको उपस्थिति लेगमा नयाँ ऊर्जा ल्याएको छ’, मियामीले भनेको छ ।

यस सम्झौतासँगै मेस्सीको बार्सिलोनामा फर्किने सम्भावना प्रायः समाप्त भएको विश्लेषकहरूले बताएका छन् ।

स्पेनिस क्लब बार्सिलोनाका समर्थकहरू लामो समयदेखि मेस्सीको पुनरागमन अपेक्षामा थिए र तर नयाँ सम्झौतापछि त्यो अब सम्भावनाको दायराबाट लगभग बाहिरिएको छ।

मेस्सीले बार्सिलोनामा २० वर्षभन्दा बढी समय बिताए । उनले त्यहाँ ६७२ गोलसहित क्लबका सबैभन्दा सफल खेलाडी बनेका थिए। तर आर्थिक समस्या र ला लिगाका नियमका कारण सन् २०२१ मा उनलाई क्लब छोड्नुपरेको थियो।

नयाँ सम्झौतापछि मेस्सीले भनेका छन्, ‘मियामीमा म निकै सुखी छु। यहाँको टिम, सहर र समर्थन अद्भूत छ। म अझ केही वर्ष यो यात्रालाई निरन्तरता दिन उत्साहित छु।’

मेस्सीको यो निर्णयले उनलाई अब अमेरिकन फुटबलमै आफ्नो करियर टुंग्याउने दिशामा उनी अघि बढेको रुपमा व्याख्या गरिएको छ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  २ : ५८ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना