मोटरसाइकल दुर्घटनामा कृषि परियोजना एकाइ पोखराका प्रमुख लम्सालको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटनामा कृषि परियोजना एकाइ पोखराका प्रमुख लम्सालको मृत्यु


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा – आज पुतलीबजार नगरपालिका–१४ आमडाँडामा मोटरसाइकल दुर्घटना हुँदा सोही वडाको लामागे लम्सालडाँडाका ४५ वर्षीय माधव लम्साल भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमल नेपालीले जानकारी दिए ।

पुतलीखेत–सतौँ जोड्ने भित्री पक्की सडकखण्डमा लु५९प ३७९७ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । सातौँबाट पुतलीखेततर्फ आउने क्रममा ओरालो सडकबाट मोटरसाइकल अनियन्त्रित भई झण्डै एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटना परी गम्भीर घाइते भएका लम्साललाई उपचारका लागि जिल्ला अस्पताल स्याङ्जा पु्र्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक लम्साल हाल राष्ट्रिय कृषि परियोजना एकाइ कार्यालय पोखराको कार्यालय प्रमुख थिए ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ९ : १४ बजे

सातवटै प्रदेशमा एकैदिन अधिवेशन गर्दै राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सातवटै प्रदेशको अधिवेशनको तयारीमा जुटेको

पार्टीभित्रको बहस मिडियामा होइन, कमिटीमै गरौँ : महेश बस्नेत

काठमाडौं- नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टीभित्रका असहमति र

न्यूयोर्क पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको न्यूयोर्क पुगेका छन् । संयुक्त

अर्थमन्त्रीसँग वनमन्त्रीको भेट, रासायनिक मलको आपूर्तिबारे छलफल

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री डा स्वर्णिम वाग्लेसँग कृषि, वन तथा पर्यावरणमन्त्री