जेन-जी आन्दोलनमा तोडफोड भएको होटल ह्यात अनिश्चितकालका लागि बन्द « Khabarhub

जेन-जी आन्दोलनमा तोडफोड भएको होटल ह्यात अनिश्चितकालका लागि बन्द


७ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजधानीको पाँचतारे होटल ह्यात रेजेन्सी अस्थायी रूपमा बन्द गरिएको छ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा होटल परिसरमा तोडफोड र आगजनीका कारण संरचनागत क्षति पुगेपछि होटल सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको जनाइएको छ ।

होटल प्रशासनका अनुसार क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्निर्माण कार्य तत्काल सुरु गर्नुपर्ने भएकाले बन्द गरिएको हो । सो क्रममा सुरक्षाको संवेदनशीलता र जोखिमलाई ध्यानमा राख्दै होटलबाट प्रवाह भइरहेका सम्पूर्ण व्यवसायिक सेवा पूर्ण रूपमा बन्द गरिएको होटल प्रशासनले जनाएको छ ।

होटलका मानव संसाधन निर्देशक मोहम्मद युसुफ यामिनले विज्ञप्ति जारी गर्दै हाल होटल पूर्ण रूपमा बन्द रहेको जानकारी दिएका छन् । विज्ञप्तिमा भनिएको छ, “होटलको मर्मत तथा पुनर्निर्माणको कार्य प्रारम्भ गर्नु अपरिहार्य भएको हुँदा अर्को सूचना जारी नभएसम्म वा अन्य निर्णय नहुँदासम्म सम्पूर्ण श्रमिकहरूलाई होटल परिसरमा उपस्थित नहुन अनुरोध गरिएको छ।”

ह्यात रेजेन्सीले श्रमिक युनियनसँग छलफल गरी निर्णय लिइएको उल्लेख गर्दै सबै कर्मचारीलाई आगामी सूचना नआउँदासम्म बिदामा रहने जानकारी दिएको छ ।भदौ अन्त्यतिर भएको प्रदर्शनका क्रममा तोडफोड र आगजनीका कारण होटलका केही भागमा ठूलो क्षति पुगेको जनाइएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  ९ : ४४ बजे

रेकर्ड यात्रा सकेर घर फर्किए आर्टेमिस टोली

ह्युस्टन– मानव अन्तरिक्ष अन्वेषणको नयाँ अध्याय खोल्दै चन्द्रमाको परिक्रमा गरेर

युट्युबर पोख्रेल पक्राउमा जेन-जी मुभमेन्टको आपत्ति, तत्काल रिहाइको माग

काठमाडौं– युट्युबर रोशन पोख्रेल पक्राउको विषयलाई लिएर जेन-जी मुभमेन्ट नेपालले

आर्थिक समृद्धिको आधार जडीबुटी : प्रशोधन र ‘ब्रान्डिङ’ मा जोड

काठमाडौं– अमूल्य जडीबुटी  तथा जैविक विविधताका दृष्टिले हाम्रो मुलुक विश्वको

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा