जाडोमा चिसो खानु हुँदैन भन्ने भ्रम हो : पोषणविद् « Khabarhub

जाडोमा चिसो खानु हुँदैन भन्ने भ्रम हो : पोषणविद्


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

अहिले चिसो मौसम चलिरहेको छ । यो मौसममा रुघाखोकी, ज्वरो, बाथ, दम, निमोनियालगायतका संक्रामक तथा श्वासप्रश्वासजन्य रोगले प्रायः मानिसलाई सताउने गर्दछ । त्यसैले तातै लगाउने, तातै खाने गर्नु पर्दछ । चिसो खानेकुरा खानु हुँदैन भन्ने सोचाई सबैको हुन्छ । तर चिसो मौसम छ भन्दैमा सबैले चिसो खालका खानेकुरा खानु हुँदैन भन्ने सोचाई गलत भएको पोषणविद् बताउँछन् ।

स्वास्थ्यमा केही समस्या भएको बाहेक अन्य सामान्य अवस्थामा दही, केरा, सुन्तलालगायतका चिसो खानेकुरा कहिलेकाहीँ खाँदा स्वास्थ्यलाई फाइदा नै पुग्ने पोषणविद्को सुझाव छ ।

पोषणविद्का अनुसार चिसो मौसममा प्राय मानिसले पानी कम पिउने भएकाले शरीरमा पानीको मात्रा पु¥याउन झोलयुक्त खानेकुरामा बढी जोड दिनुपर्छ ।

चिसो मौसममा कस्तो खाना खाने ? चिसो मौसममा पानी कति खानुपर्ने हो ? सबै कुरा तातो मात्रै खाँदा पनि स्वास्थ्यमा असर पुग्ने हो कि यिनै विषयमा पोषणविद् भूपाल बानियाँसंग गरिएको कुराकानीः

चिसो मौसममा चिसो खालका फलफूल तरकारी तथा खाना खानु हुँदैन भन्ने धेरैको धारणा रहेको पाइन्छ । के चिसो मौसममा यस्ता खानेकुरा खानै नहुने हो ?

चिसो कुरा खानै नहुने भन्ने छैन । युरोपियन देशमा हामीले देख्ने गर्छौं कि जताततै हिउँ परेको हुन्छ । मान्छेले चिसो पेय पदार्थ तथा चिसो खानेकुरा खाइरहेका हुन्छन् । तर हाम्रोमा एक त मौसम पनि चिसो त्यसैमाथि चिसो खाँदा झनै चिसो हुन्छ भन्ने भ्रम छ । हो घाँटी दुखेको, रुघाखोकी लागेको जस्ता स्वास्थ्यमा केही समस्या देखिएको अवस्थामा चिसो खानपानबाट बच्नु नै राम्रो हुन्छ । तर चिसो खानु नै हुँदैन भन्ने सोचाई चाहिँ गलत हो ।

चिसो कुरा खानै नहुने भन्ने छैन । युरोपियन देशमा हामीले देख्ने गर्छौं कि जताततै हिउँ परेको हुन्छ । मान्छेले चिसो पेय पदार्थ तथा चिसो खानेकुरा खाइरहेका हुन्छन् ।

चिसो मौसममा कस्तो खाना खाने ?

चिसो मौसममा रुघाखोकीलगायत संक्रामक रोगले छिटो आक्रमण गर्ने भएकाले तातो तथा भिटामिनजन्य खानेकुरा खानु राम्रो हुन्छ । त्यस्तै औषधीय गुण बोकेका अदुवा, दालचिनी, लसुन, गरम मसलालगायतका खान्की खानामा समावेश गर्ने, सुप खाने गर्नाले स्वास्थ्यलाई फाइदा पुग्छ ।

चिसो मौसममा विशेष गरी दीर्घरोगीलाई निमोनियाको डर हुने र स्वस्थ मानिसलाई पनि खानपानमा ध्यान नदिँदा रोगले आक्रमण गर्नसक्ने सम्भावना बढी हुने भएकाले झोलिलो तथा भिटामिन ‘सी’ युक्त खानेकुरा खाँदा राम्रो हुन्छ ।

सामान्यतया चिसो लाग्छ भनेर मान्छेले साग नखाने, सुन्तलालगायतका फलफूल खाँदैनन् । तर स्वस्थ मानिसले समय र मात्रा मिलाएर खाँदा स्वास्थ्यमा केही असर गर्दैन ।

चिसो मौसममा रोग प्रतिरोध क्षमतामा कमी आउने हो ?

विशेष गरी बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीमा रोग प्रतिरोधात्मक क्षमता कम नै हुन्छ । त्यसैले त्यस्तो अवस्थाका व्यक्तिको खानपानमा अलि बढी ध्यान दिनुपर्ने हुन्छ ।

सबै कुरा तातो मात्रै खाँदा पनि स्वास्थ्यमा असर पुग्ने हो कि ?

तातो खानेकुरा भन्नुको अर्थ शरीरलाई असर नै पर्ने गरी खानुपर्छ भन्ने होइन । औषधीय गुण भएका जडिबुटी मिसाएर उमालेको पानी सेलाएर अर्थात् मनतातो बनाएर खान सकिन्छ । त्यस्तै अन्य खानेकुरा पनि चिसो फ्रिजमा राखेको मात्रै नखाने हो, नर्मल खाना सबै खान सकिन्छ ।

तातो खानेकुरा भन्नुको अर्थ शरीरलाई असर नै पर्ने गरी खानुपर्छ भन्ने होइन । औषधीय गुण भएका जडिबुटी मिसाएर उमालेको पानी सेलाएर अर्थात् मनतातो बनाएर खान सकिन्छ ।

सामान्यतया गर्मी मौसमको तुलनामा पानी कम खाने गरिन्छ । खासमा चिसो मौसममा पानी कति खानुपर्ने हो ?

गर्मी मौसमको तुलनामा चिसो मौसममा पानीको आवश्यकता अलिकति कम पर्न सक्छ । किनकी गर्मीमा जस्तो पसिना आउने हुँदैन । तर हामीले आफ्नो पिसाबको कलर कस्तो छ भनेर बुझ्नु पर्छ ।

जस्तै सामान्यतया चिसो मौसममा दुईदेखि साढे दुई लिटर पानी भए पुग्छ । तर मान्छेको उचाई, तौल अनुसार केही तलमाथि हुनसक्छ, त्यसैले आफ्नो शरीरलाई पानी पुगे नपुगेको पिसाबबाट थाहा पाउन सकिन्छ ।

पिसाब एकदमै पहेँलो गइरहेको छ भने पानी थपेर पिसाबलाई सेतो बनाउन जरुरी छ । पिसाब सेतो गइरहेको छ भने पानीको मात्रा पुगेको मान्न सकिन्छ ।

चिसो मौसममा कस्तो तरकारी खाने ?

चिसो मौसममा यो तरकारी खाने, गर्मीमा यो खाने भन्ने छैन । स्कुस, लौकाफर्सी, काउली, बोडी लगायतका सबै तरकारी खान मिल्छ । तर पकाउँदाखेरी हल्का झोल बनाएर खानु राम्रो हुन्छ ।

चिसो मौसममा केरा खानु हुँदैन चिसो लाग्छ भन्ने धेरैको बुझाई छ । वास्तविकता के हो ?

केरा खानै हुँदैन भन्ने छैन । जस्तो सुन्तला चिसो मानिन्छ । फल्न पनि चिसोमै फल्छ । चिसो हुन्छ भन्दैमा खान छोड्नु त भएन । तर चिसोमा रुघाखोकी लाग्ने सम्भावना बढी हुने भएकाले भिटामिन ‘सी’ युक्तखानेकुरा खाँदा राम्रो हुन्छ । केरामाभन्दा सुन्तलामा भिटामिन ‘सी’ बढी पाइन्छ । त्यसैले केरा भन्दा सुन्तला राम्रो हो । तर केरा पनि खानै हुँदैन भन्ने होइन ।

दही खानु कत्तिको लाभदायी मानिन्छ ?

दही खाँदा पनि फ्रिजमा राखेर चिसो बनाएर खाँएमा बेफाइदा गर्छ, तर सामान्यतया चिसो नभएको बाहिर राखेको दही खाँदा फाइदा नै गर्छ ।

दहीमा विभिन्न ब्यक्टेरियल गुण हुने भएकाले जुनसुकै मौसममा खाँदा पनि यसले फाइदा नै पुर्याउँछ । दही केरा लगायतका खानेकुरा बिहान बेलुकाको समयमा भन्दा दिउँसोको सममयमा खाँदा रुघाखोकी लाग्ने सम्भावना कम हुन्छ ।

दही खाँदा पनि फ्रिजमा राखेर चिसो बनाएर खाँएमा बेफाइदा गर्छ, तर सामान्यतया चिसो नभएको बाहिर राखेको दही खाँदा फाइदा नै गर्छ ।

चिसो मौसमको खानपानका बारेमा सर्वसाधारणलाई के सुझाव दिनुहुन्छ ?

चिसो मौसममा विशेषगरी साना बालबालिका र वृद्धवृद्धालाई निमोनियालगायत विभिन्न किसिमका रोग लाग्ने सम्भावना अन्य उमेर समूहको भन्दा उच्च हुन्छ । त्यसैले जोखिममा रहेका व्यक्तिको खानपानमा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

जस्तै : जाउलो खानदिने, गरम मसला लगातका औषधीय गुण भएका जडिबुटी मिसाएर तातो सुप खान दिने, दाल तथा गेडागुडीको झोल खान दिनुपर्छ । यस्ता खानेकुराले शरीरमा न्यानोपन र रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछ ।

त्यस्तै अन्य उमेर समूहका व्यक्तिले पनि आफ्नो स्वास्थ्य अवस्थाको बारेमा बुझेर खानपानमा ध्यान दिनु आवश्यक हुन्छ । जस्तै भिटामिन ‘सी’युक्त खानेकुरा खाने, लोकल कुखुराको मासुमा झोल हालेर खाएमा फाइदा गर्छ ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ८ : ४६ बजे

बाँसबाट निर्माण हुने संरचनाको डिजाइन मार्गदर्शन स्वीकृत : अब बाँसको घर बनाउन सकिने

काठमाडौं – सरकारले बाँसबाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार्गदर्शन

जाडोमा चिसो खानु हुँदैन भन्ने भ्रम हो : पोषणविद्

अहिले चिसो मौसम चलिरहेको छ । यो मौसममा रुघाखोकी, ज्वरो,

विवाहपञ्चमी महोत्सव : आज मटकोर विधि गरिँदै

जनकपुरधाम– सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज मटकोर विधि गरिँदैछ

सामाजिक सुरक्षा कोषमा योगदानको रकम एक खर्ब नजिक

काठमाडौं– सरकारले आमनागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सुरु गरेको सामाजिक

कृषकलाई सुन्तला ढुवानीमा सधैँको समस्या

तनहुँ– देवघाट गाउँपालिका–३ का सुन्तला उत्पादक कृषकलाई ढुवानीको समस्या सधैँको