विश्वभर जलवायु परिवर्तनका प्रभाव तीव्र गतिमा बढ्दै जाँदा मानिसको जीवन, जीविका र बासस्थान सुरक्षित राख्ने क्षमता कमजोर बन्दै गएको छ । असामान्य वर्षा, दीर्घकालीन खडेरी, बाढी, समुद्रको सतह वृद्धि तथा हिमनदी पग्लिने प्रक्रियाले अनेकौं समुदायलाई पुराना बस्ती छाडेर नयाँ ठाउँ खोज्न बाध्य बनाइरहेका छन्, त्यस अवस्थालाई जलवायु विस्थापन भनिन्छ ।
यो केवल भौतिक स्थानान्तरण मात्र होइन, सामाजिक, आर्थिक, सांस्कृतिक र मनोवैज्ञानिक आयाममा गहिरो असर पार्ने जटिल मानवीय समस्या पनि हो । नेपाल जस्तो भौगोलिक रुपमा विविधतायुक्त र जलवायु जोखिमका लागि अत्यन्त संवेदनशील देशमा यस समस्याको प्रभाव अझ गम्भिर रुपमा महसूस भइरहेको छ ।
जलवायु परिवर्तनका असर जहाँ प्रत्यक्ष रुपमा देखिन्छन्, त्यहाँ विस्थापनका घटना तीव्र रुपमा बढ्दै गएका छन् । पहाडी क्षेत्रमा अनियमित तथा अत्यधिक वर्षाका कारण पहिरोको जोखिम बढिरहेको छ, जसले घर–जग्गा बगाउने, जमिन चिरिने र बस्ती असुरक्षित हुने अवस्था बनेको छ। यसले परिवारहरुलाई तत्काल सुरक्षित स्थान तर्फ सर्न बाध्य बनाउँछ ।
पहाडी क्षेत्रमा अनियमित तथा अत्यधिक वर्षाका कारण पहिरोको जोखिम बढिरहेको छ, जसले घर–जग्गा बगाउने, जमिन चिरिने र बस्ती असुरक्षित हुने अवस्था बनेको छ। य
त्यस्तै दीर्घकालीन खडेरीले कृषि उत्पादन घटाँउछ । खानेपानीका श्रोत सुकाउँछ, जसका कारण किसान परिवारले जीविकोपार्जन गुमाउँछन् र बसाइँ सर्न बाध्य हुन्छन् । हिमाली क्षेत्रमा हिमनदी ताल फुट्ने जोखिम बढ्दै जानु, तराईमा नदीकटान र जलमग्नता तीव्र हुुनु, यी सबै कारणले जलवायु विस्थापनलाई निरन्तर उक्साइरहेका छन् । यी प्रभाव केवल क्षणिक होइनन् । वर्षेनी दोहोरिने यस्तो जोखिमले हजारौं मानिसलाई आफ्नो बासस्थान छोडन् बाध्य बनाउँछ ।
नेपालमा जलवायु विस्थापन आज सुस्त तर बढ्दो संकटका रुपमा देखा परेको छ । मनसुनको चक्र अनियमित बन्दै गइरहेको छ । जसका कारण कुनै वर्ष अत्यधिक वर्षा भइरहेको छ त कहिलेकाहीँ लामो समय वर्षा नहुने समस्या पनि हामीले भोगिरहेका छौं।
तराई क्षेत्रमा नदी कटानका कारण हजारौं रोपनी जमिन हराउँदै जानु, पहाडी ग्रामीण क्षेत्रमा महिनौंसम्म जमिन चिरिने घटना दोहोरिनु र हिमाली क्षेत्रमा पानीका श्रोत सुक्दै जानुले बासस्थान टिकाउन कठिन बनाएको छ । सरकारी तथा गैरसरकारी अध्ययनका अनुसार प्रत्येक वर्ष दसौं हजार परिवार प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जलवायु सम्बन्धी प्रकोपले प्रभावित छन् ।
तराई क्षेत्रमा नदी कटानका कारण हजारौं रोपनी जमिन हराउँदै जानु, पहाडी ग्रामीण क्षेत्रमा महिनौंसम्म जमिन चिरिने घटना दोहोरिनु र हिमाली क्षेत्रमा पानीका श्रोत सुक्दै जानुले बासस्थान टिकाउन कठिन बनाएको छ ।
यी मध्ये धेरैले अस्थायी वा दिगो रुपमा बसोबास परिवर्तन गर्नुपर्ने अवस्था भोगिरहेका छन् । धेरै युवा वैकल्पिक रोजगारीकै खोजीमा विदेश जान बाध्य हुन्छन्, जसले ग्रामीण क्षेत्रमा जनसंख्या असन्तुलन, श्रम अभाव र नयाँ सामाजिक संरचनाको चुनौती उत्पन्न गर्छ ।
जलवायु विस्थापनसँग आएका चुनौती बहुआयामिक छन् । सबैभन्दा पहिले विस्थापित परिवारलाई सुरक्षित आवासको समस्या पर्न जान्छ । प्रायः उनीहरु विद्यालय, समुदायिक भवन, आफन्तका घरमा अस्थायी रुपमा बस्न बाध्य हुन्छन् जहाँ स्वच्छता, गोपनीयता, स्वास्थ्य सुविधा र सुरक्षित वातावरणको समस्या हुन्छ ।
यस्तो दीर्घकालीन अस्थायी जीवनले परिवारको सामाजिक संरचनामा तनाव सिर्जना गर्छ । दोश्रो ठूलो चुनौती रोजगारी तथा आय आर्जनसँग जोडिएको छ । विस्थापन भएपछि मानिसले आफ्नो कृषि भूमि, पशुधन तथा अन्य सम्पति गुमाँउछन् । जसले उनीहरुको पेशा तथा जीवनशैलीमा ठूलो धक्का पुर्याउँछ । नयाँ ठाउँमा स्थानीय सीपसँग मेल खाने काम पाउन कठिन हुन्छ र गरिबीको चक्र अझ गहिरो हुन्छ ।
यस्तै विस्थापनले मानसिक स्वास्थ्यमा असर गर्दछ । आफ्ना धेरै कुरा गुमाउँदा मानिसमा त्रास, तनाव, अनिश्चितता र आत्मविश्वासको ह्रास देखा पर्छ । विशेषगरी बालबालिका र वृद्धमा मनोवैज्ञानिक प्रभाव गहिरो हुन्छ किनकी उनीहरु परिवर्तनसँग तत्काल अनुकूल हुन सक्दैनन् । त्यस्तै जलवायु विस्थापन सांस्कृतिक पहिचानसँग पनि सम्बन्धित छ । धेरै आदिवासी तथा जनजाति समुदायको जीवनशैली, विश्वास, भाषा, संस्कार जमिन तथा प्राकृतिक परिवेशसँग प्रत्यक्ष जोडिएको हुन्छ । जब उनीहरु नयाँ ठाउँमा बस्न बाध्य हुन्छन् । परम्परागत अभ्यास कमजोर हुन्छन् र सांस्कृतिक पहिचान जोखिममा पर्छन् ।
विस्थापनले मानसिक स्वास्थ्यमा असर गर्दछ । आफ्ना धेरै कुरा गुमाउँदा मानिसमा त्रास, तनाव, अनिश्चितता र आत्मविश्वासको ह्रास देखा पर्छ । विशेषगरी बालबालिका र वृद्धमा मनोवैज्ञानिक प्रभाव गहिरो हुन्छ किनकी उनीहरु परिवर्तनसँग तत्काल अनुकूल हुन सक्दैनन् ।
सरकारी योजनामा पनि दीर्घकालीन समन्वय र नीति स्पष्टता आवश्यक रहेको देखिन्छ । प्राय तत्काल राहतमा मात्र ध्यान जाने तर दीगो पुनर्वास, रोजगारी व्यवस्थापन र आधारभूत सेवा पहँुचको पक्षमा कमजोरी देखिने गरिन्छ । विस्थापन जस्तो समस्या केवल घर बनाइदिने वा राहत वितरण गर्ने विषय होइन, यो सामाजिक पुननिर्माण, आर्थिक अवस्था सिर्जना र दीर्घकालीन सुरक्षा सुनिश्चित गर्ने संवेदनशील प्रक्रिया हो ।
यसका लागि विकास योजना, आवास नीति, जोखिम व्यवस्थापन र सामाजिक संरक्षण कार्यक्रमबीच समन्वय अत्यन्त आवश्यक छ ।
जलवायु विस्थापनको मूल जड हेर्दा जलवायु न्यायको प्रश्न पनि उस्तै बलियो रुपमा उठ्छ । जलवायु परिवर्तनको कारणमा गरिबी तथा जोखिममा रहेका समुदायको भूमिका न्यून छ, तर असर भने उनीहरुकै जीवनमा बढी परिेरहेको हुन्छ । धनी तथा औद्योगिक राष्टरुले धेरै दशकसम्म कार्बन उत्सर्जन बढाउँदै वातावरणमा हानी पुर्याए पनि यसको मूल्य विकासोन्मुख र कमजोर देशका नागरिकले तिर्नुपरेको छ । यसैले जलवायु न्यायको बहसमा क्षतिपूर्ति, अन्तर्राष्ट्रिय सहयोग, हरित प्रविधि हस्तान्तरण र दिगो विकासका लागि श्रोत उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राख्नुपर्छ ।
यस समस्याको समाधानका लागि दिगो र समग्र रणनीति आवश्यक छ । पहाडी तथा नदी किनारका जोखिमयुक्त क्षेत्रमा वातावरण संवेदनशील पूर्वाधार विकास गर्नुपर्छ । जसले बाढी, पहिरो वा कटानबाट मानिस सुरक्षित रहून । प्रारम्भिक चेतावनी प्रणाली सुदृढ बनाउन पनि अत्यन्त जरुरी छ, ताकि समुदायले जोखिम आउने संकेत तुरुन्त थाहा पाओस् र समयमै सुरक्षित स्थानमा जान सकोस् ।
दीर्घकालीन पुर्नवास नीति भने अझ महत्त्वपूर्ण पक्ष हो, जसले आवास, रोजगारी, शिक्षा, स्वास्थ, सामाजिक पुनस्र्थापना र सांस्कृतिक पहिचान जोगाउने पक्षलाई समेट्नु पर्छ । सामुदायिक अनुकूल कार्यक्रम, स्थानीय ज्ञानको संरक्षण र वातावरणमैत्री कृषि प्रविधिको प्रयोगले समुदायलाई जलवायु परिवर्तनसँग जुध्न थप सक्षम बनाउँछ ।
अन्तर्राष्ट्रिय सहयोग र जलवायु प्रविधि तथा विशेषज्ञता नेपालजस्ता संवेदनशील मुलुकका लागि अनिवार्य छ ।
अन्ततः जलवायु परिवर्तन आज विश्वकै साझा चुनौती भए पनि यसको सबैभन्दा गम्भीर बोझ भने कमजोर तथा जोखिममा रहेका समुदायले नै भोगिरहेका छन् । नेपालमा जलवायु विस्थापन बढ्नु केवल प्राकृतिक घटनाको परिणाम मात्र होइन, विकासमा प्राथमिकता, संरचनागत कमजोरी र सामाजिक तथा आर्थिक असमानतासँग पनि प्रत्यक्ष जोडिएको छ ।
जलवायु परिवर्तन आज विश्वकै साझा चुनौती भए पनि यसको सबैभन्दा गम्भीर बोझ भने कमजोर तथा जोखिममा रहेका समुदायले नै भोगिरहेका छन् ।
त्यसैले समाधान खोज्दा केवल भौतिक व्यवस्थापन मात्र होइन, सामाजिक न्याय, आर्थिक अवसर र सांस्कृतिक पहिचान सुरक्षित गर्ने दृष्टिकोण आवश्यक छ । जलवायु परिवर्तनले प्रतिक्षा गर्दैन । मानिसको विस्थापन पनि समयसँगै बढ्दै जानेछ । त्यसैले अझ ठूलो संकट आउनु पहिले नै दिगो, वैज्ञानिक र मानव केन्द्रित कदम चाल्नु अपरिहार्य छ ।
यस जटिल अवस्थालाई बुझ्दा फ्रान्सेली दार्शनिक तथा समाजशास्त्री बु्रनो लतुरका विचार विशेष सान्दर्भिक देखिन्छन् । लतुरले बारम्बार यस कुरामा जोड दिए कि मानव र प्रकृति छुट्टाछुट्टै अस्तित्व होइनन्, हाम्रो जीवन, प्रविधि, राजनीति र वातावरण आपसमा गाँसिएको एक जटिल जाल हो । जलवायु संकटको वास्तविक समाधान यतिबेला सम्भव हुन्छ, जब हामी प्रकृति बाहिर होइन, प्रकृतिसँगै एक साझा समुदायका सदस्याका रुपमा सोच्न थाल्छौं ।
नेपालमा जलवायु विस्थापन घटाउन दिगो पूर्वाधार, पहाड मैत्री नीति, सामाजिक सांस्कृतिक पुनस्र्थापना र अन्तर्राष्ट्रिय न्याय आवश्यक छ । लतुरले सुझाएझैं हामीले पृथ्वीलाई केवल साधनका रुपमा होइन, सह–अस्तित्वका आधारमा हेर्न सके मात्र मानव प्रकृति सम्बन्ध सन्तुलित हुन्छ र दीर्घकालीन शान्ति सम्भव छ ।













प्रतिक्रिया