जेन-जी आन्दोलनका घटनामा ओलीको दोष छैन, उहाँले त उदारता देखाउनु भयो : प्रदीप ज्ञवाली « Khabarhub

जेन-जी आन्दोलनका घटनामा ओलीको दोष छैन, उहाँले त उदारता देखाउनु भयो : प्रदीप ज्ञवाली


८ मंसिर २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली एमालेमा अहिले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको बताएका छन् ।

यही मंसिर २७ गतेदेखि हुन लागेको एघारौँ महाधिवेशनबाट पनि नेतृत्वमा ओली नै नेतृत्वमा आउने ज्ञवालीले बताएका छन् ।

ओलीभन्दा एमाले हाँक्ने अन्य कुनै नेता अहिले नदेखिएको बताउँदै ज्ञवालीले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलन हुनुमा ओलीको कुनै भूमिका र दोष नभएको बताए ।

यतिमात्रै होइन, ज्ञावालीले जेन-जी आन्दोलनका क्रममा त्यसबेलाको सरकारले उदारता देखाएको दाबी गरेका छन् । एमालेका वर्तमान उपमहासचिव ज्ञवाली आगामी महाधिवेशनमा महासचिवको प्रतिस्पर्धामा उत्रिने तयारीमा छन् ।

‘अहिले एमालेमा ओलीको विकल्प खोज्ने बेला भएको छैन। सबै नेताहरू नेतृत्वका लागि योग्य हुन्छन् भन्ने छैन’, ज्ञवालीले खबरहबसँग भने, ‘जेन-जी आन्दोलनलाई एउटा कोणबाट हेरेर मात्रै हुँदैन । त्यो आन्दोलन हुनुमा तत्कालीन सरकारको गल्ती छैन । बरू त्यसबेला सरकारले त उदारता देखाएको हो।’

ज्ञवालीसँगको विस्तृत अन्तर्वार्ताका लागि खबरहब हेर्दै गर्नुहोला ।

प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार  ५ : ४९ बजे

५ करोड बजेटसहित ‘बुद्ध-परिपथ’ निर्माण सुरु: काभ्रेका पनौती, नमोबुद्ध र तेमाल जोडिँदै

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको