आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल « Khabarhub

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार सन् २०२५ डिसेम्बर २४ तारिख । पौष शुक्ल पक्षको चतुर्थी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : सम्पत्तिको सुरक्षा गर्नुपर्ने दिन छ । बौद्धिक क्षेत्रमा चालेको कदम सफल बन्नेछ । बौद्धिक साथीले असहयोग गर्दा मन दु:खी बन्नेछ । संकटमा परिवारको साथ मिल्नेछ ।

वृष : थोरै बोलेर अगाडि बढ्नुपर्ने दिन छ । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ । स्वदेशमै रोजगारीको अवसर सिर्जना हुनेछ । धार्मिक व्यक्तिसँगको भेटले दिन रमाइलो बन्नेछ । साथीसँग भेटघाट गर्ने अवसर मिल्नेछ ।

मिथुन : मन चञ्चल बन्नेछ । अनावश्यक कुरा सोच्न थाल्दा घाटा हुनेछ । अप्रिय खबर सुन्नुपर्ने हुनसक्छ । स्वास्थ्यमा गढबढी हुनसक्छ । शिक्षाको क्षेत्रको लगानीबाट भने फाइदा हुनेछ । सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ ।

कर्कट : दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ । इज्जत राख्न सम्पत्ति खर्च गर्नुपर्ने हुनसक्छ । राजनीतिक संगठनमा राम्रो पहुँच भएकाले महत्त्वपूर्ण काम बन्नेछ । पश्चिमको लामो यात्रामा नजानु राम्रो हुनेछ । परिवारको साथले नयाँ काम बन्नेछ ।

सिंह : दिन सामान्य छ । सञ्चित धन खर्च हुनेछ । साथीभाइ साथ दिन भन्दा कुरा काट्न सक्रिय हुनेछन् । वैदेशिक रोजगारीको क्षेत्रमा लगानी भए फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध राम्रो हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कन्या : दिन राम्रो छ । सोचेको काम गर्दा दोहोरो फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ । मन शान्त बन्नेछ । रोगलाई जित्न सक्ने अवस्था छ । परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ ।

तुला : अनुत्पादक क्षेत्रमा गरेको लगानीले मन अशान्त बन्नेछ । खर्च कटौती गर्नुपर्ने समय छ । दैनिक काम सञ्चालन गर्न सहज हुनेछ । शिक्षाको क्षेत्रमा फाइदा हुनेछ । मन शान्त बने पनि अरुको सल्लाहले गलत बाटो लिनसक्ने जोखिम रहेको छ ।

वृश्चिक : आज साझेदारीमा गरेको लगानीले दीर्घकालीन योजना बनाउन सहयोग गर्नेछ । बौद्धिक व्यक्तसँगको अन्तरक्रियाले मन शान्त बन्नेछ । साना कुरामा अल्झिनाले मन अशान्त बन्नेछ । परिवारसँगको भेटमा खुशी मिल्नेछ ।

धनु : दिन सहज छ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । उपचारमा भए रोगबाट मुक्त हुने योग छ । राज्यका तर्फबाट साथ र सहयोग मिल्नेछ । सामाजिक सेवाको अवसरको सदुपयोग गरेमा फाइदा हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

मकर : दिन राम्रो छ । साथीभाइबाट सकारात्मक साथ र सहयोग मिल्नेछ । पठनपाठनमा मन जानेछ । सञ्चित धन खर्च हुने भएकाले खर्च कटौती गर्नु राम्रो हुनेछ ।  शिक्षामा मिहिनेत गर्नुपनर्ने समय छ ।

कुम्भ : दिन सामान्य छ । साना कुराले मनमा झन्झट बढ्नेछ । सहयोग गर्ने भन्दा असहयोग गर्ने साथीको बहुमत छ । मिहिनेत गरेमा सोचेको काम बन्नेछ । परिवारसँगकाे सम्बन्ध सुमधुर बन्नेछ ।

मीन : शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । बोली र व्यवहार फरक भएमा अप्ठेरोमा पर्ने जोखिम छ । बोलेको काम गर्नुपर्ने बाध्यता हुनसक्छ । स्वास्थ्यमा सुधार हुनेछ । संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ । 

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ५ : १३ बजे

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा

नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको