चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान « Khabarhub

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन चिसो बढ्दै गएको छ।

चिसो मौसममा न्यानो पार्नका लागि घर तथा अफिसमा एसी, हिटर लगायतका उपकरणको प्रयोग गरिन्छ भने ग्रामीण समुदायमा दाउरा, कागज, झारपात, मक्कल बालेर ताप्ने गरिन्छ। तर यी उपकरणको गलत र असावधानीपूर्ण प्रयोगका कारण हरेक वर्ष मानिसको ज्यान गएका घटनाहरु हामीले देख्ने र सुन्ने गरेका छौं।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार घरायसी हावा प्रदूषण (कोइला, काठ, ग्यास र असुरक्षित हिटरको प्रयोग) का कारण विश्वभर हरेक वर्ष करिब ३० लाख मानिसको मृत्यु हुने गरेको अनुमान छ।

नेपालमा ग्यास गिजर, हिटर वा कोइला प्रयोगका कारण हुने वार्षिक मृत्युको एकीकृत आधिकारिक तथ्यांक उपलब्ध छैन। तर विभिन्न वर्षमा आएका समाचार र प्रहरी र अस्पताल अभिलेखअनुसार यस्ता घटनाहरू प्रत्येक जाडो मौसममा दोहोरिने गरेको देखिन्छ।

नेपाल प्रहरीले सन २०१५ देखि सन २०२२ सम्म विभिन्न अस्पताल तथा सञ्चारमाध्यममा रिपोर्ट भएका घटना हेदा वर्षेनी करिब ४० जनाको मृत्यु हुने गरेको अनुमान छ। तर औपचारिक राष्ट्रिय स्तरमा यसको संख्या संकलन तथा प्रकाशन भने भएको पाइँदैन।

नेपाल प्रहरीले सन २०१५ देखि सन २०२२ सम्म विभिन्न अस्पताल तथा सञ्चारमाध्यममा रिपोर्ट भएका घटना हेदा वर्षेनी करिब ४० जनाको मृत्यु हुने गरेको अनुमान छ।

चिकित्सकहरु भने वर्षेनी यस्ता घटना बढिरहेका बताउँछन्। ओम अस्पतालमा कार्यरत वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कमल लम्साल भन्छन्–हरेक वर्षको चिसो मौसममा ग्यास गिजर, हिटर वा कोइलाको प्रयोगमा असवधानी अपनाउँदा जलन संगसंगै निसासिएर बेहोस भएर धेरै बिरामी आउने गरेका छन्।

निसासिएर बेहोस भएका बिरामीलाई तत्काल हाइलेबलको अक्सिजन दिन सकिएन भने बिरामीको मृत्यु हुने जोखिम धेरै हुने उनले बताए।

किन निसासिन्छ मान्छे ?
विशेषगरी बन्द कोठा वा बाथरुमभित्र ग्यास गिजर राख्ने, कोठामै कोइला बालेर सुत्ने र झ्याल–ढोका बन्द गरेर ग्यास हिटर चलाउने जस्ता अभ्यास अत्यन्त खतरनाक मानिन्छन्। यस्ता अवस्थामा कार्बन मोनोअक्साइड विषाक्त हुने सम्भावना उच्च हुने डा. लम्साल बताउँछन्।

उनका अनुसार बन्द कोठामा यसरी तातो बनाउने चिजहरु हिटर, दाउरा बाल्दा ग्याससंगै कार्बन मनोअक्साइड हाम्रो शरीरभित्र पस्दा हेमोग्लोबिनलाई अक्सिजनबाट छुट्याइदिन्छ। हेमोग्लोबिनको काम भनेको शरीरमा अक्सिजन सप्लाई गर्नु हो। अक्सिजन नै भएन भने मान्छेको मृत्यु हुने लम्सालले बताए।

त्यस्तै एसीको कुरा गर्नुपर्दा ग्यास गिजर र हिटरभन्दा अलि कम जोखिमपूर्ण मानिन्छ। तर यो पनि एकदमै राम्रो हो । तर प्रयोग पनि स्वास्थ्यका लागि त्यति फाइदाजनक नहुने उनले बताए।

डा. लम्सालका अनुसार बिजुलीबाट चल्ने हिटर अहिले धेरैको घरमा बाल्ने चलन छ। त्यसले छालालाई एकदमै सुख्खा गराउँछ। साथै स्वासप्रश्वासमा संक्रमणको जोखिम हुनसक्छ।

डा. लम्सालका अनुसार बिजुलीबाट चल्ने हिटर अहिले धेरैको घरमा बाल्ने चलन छ। त्यसले छालालाई एकदमै सुख्खा गराउँछ। साथै स्वासप्रश्वासमा संक्रमणको जोखिम हुनसक्छ। त्यस्तै जलन तथा करेन्टको त्रास पनि अत्यधिक मात्रामा हुने भएकाले न्यानो बनाउन न्यानो कपडाहरु नै लगाउनु उचित हुने उनको सुझाव छ।

ग्यास गिजर र हिटरको प्रयोगमा अपनाउनुपर्ने सावधानी
नवजात शिशु, बृद्धबृद्धा तथा विभिन्न खालका बिरामीहरुको स्याहारका लागि अत्याधिक चिसो हुँदा बाल्नैपर्ने हुन्छ। त्यस्तो अवस्थामा यसबाट हुनसक्ने जोखिमबारे ध्यान दिँदै निम्न सावधानी अपनाउन सुझाउँछन्।

-ग्यास गिजर बाथरुमभित्र नराख्ने
-गिजर वा ग्यास हिटर चलाउँदा हावाको राम्रो आवत–जावत हुने व्यवस्था गर्ने
-सुत्दा ग्यास हिटर वा कोइला प्रयोग नगर्ने
-झ्याल–ढोका पूर्ण रूपमा बन्द नगर्ने
-पुराना वा बिग्रिएका उपकरण प्रयोग नगर्ने
-सम्भव भए कार्बन मोनोअक्साइड अलार्म जडान गर्ने
यदि टाउको दुख्ने, चक्कर लाग्ने, वाकवाकी हुने वा सास फेर्न गाह्रो हुने लक्षण देखिएमा तुरुन्त खुला हावामा गई नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।

कार्बन मोनोअक्साइड रङ, गन्ध र स्वाद नभएको ग्यास भएकाले साससँगै शरीरभित्र पस्दा यसले अक्सिजनको आपूर्ति रोकेर टाउको दुख्ने, चक्कर लाग्ने, वाकवाकी हुने, बेहोस हुने र गम्भीर अवस्थामा मृत्यु समेत हुन सक्ने डा. लम्साल बताउँछन्।

चिसो मौसममा निसासिएर बेहोस हुने, मृत्यु हुने संगै जलनका घटनाहरु पनि एकदमै धेरै हुने गरेका छन्।

सरकारी तहबाटै सचेतना आवश्यक
चिसोबाट बच्ने क्रममा गरिने सानो लापरबाहीले ठूलो दुर्घटना निम्त्याउन सक्छ। त्यसैले जाडो मौसममा न्यानो हुने उपाय अपनाउँदा सुरक्षालाई पहिलो प्राथमिकता डा. लम्सालको सुझाव छ।

सरकारी तहबाट नै प्रदेश तथा स्थानीय तहका स्वास्थ्य संस्थाहरुमार्फत सचेतना जगाउन आवश्यक रहेको उनले बताए। चिसो मौसममा निसासिएर बेहोस हुने, मृत्यु हुने संगै जलनका घटनाहरु पनि एकदमै धेरै हुने गरेका छन्।तर जलन केन्द्र भने एकदमै कमै मात्रामा भएकाले सवैको पहुँचमा हुने गरी जलन उपचार केन्द्र आवश्यक रहेको डा. लम्सालले बताए।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ७ : ५४ बजे

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका