नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान « Khabarhub

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ काठमाडौँ प्रहरीले ‘हाम्रो प्रहरी’ अभियान सञ्चालन गर्ने भएको छ ।

 प्रहरी संगठनबाट यसअघि सञ्चालित ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत रही सो अभियान सञ्चालन गर्न लागिएको जिल्ला प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए ।
 
जेनजी आन्दोलनपछि सिङ्गो प्रहरी सङ्गठनलाई सेवामा फर्काउन जनस्तरबाट भएका पहलकदमीको भावनालाई प्रतिविम्बित गर्नका लागि प्रहरीका तर्फबाट ‘हाम्रो प्रहरी’को अवधारणा स्थापित गर्न खोजिएको उनले जानकारी दिए।
 
‘प्रहरी आम नागरिकको हो भन्ने अवधारणालाई स्थापित गरेर आगामी दिनमा नागरिक समाज र प्रहरीबीचको सुसम्बन्धलाई अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ’, अभियानबारे स्पष्ट पार्दै प्रहरी वरिष्ठ उपरीक्षक थापाले भने, ‘यसबाट प्रहरी–नागरिकबीचका अविश्वास हल गर्न तथा अपराध न्यूनीकरण, कुरीति अन्त्य, सुशासन र सामाजिक सुव्यवस्था कायम गर्न मद्दत मिल्नेछ ।’
 
हाम्रो प्रहरी अभियानअन्तर्गत मङ्गलबारदेखि नै प्रहरीको विभिन्न युनिटबाट जनसम्बन्ध विस्तारका काम थालनी भएका छन् । 

‘टोलटोलमा प्रहरी कर्मचारीहरु स्थानीय नागरिकसँग भेटघाट गर्न घरदैलोमा पुग्नुभएको छ’, उनले भने, ‘छिट्टै विद्यालय र क्याम्पसमा युवासँग प्रहरीको महत्व र सुरक्षाका बारेमा अन्तरसंवाद गरिनेछ ।’
      
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरीले स्थानीय तह, विद्यालय, क्लबलगायत स्थानीय सङ्घसंस्थासम्म पुगेर अपराध न्यूनीकरण, कुरितीको अन्त्य र अन्य सामाजिक सचेतना जगाउने काम गर्दै आएको छ ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ५ : ०४ बजे

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत

प्राचीन बनेपाको धार्मिक पहिचान : १२४ वर्षदेखि ‘कन्या–पूजा’

काभ्रेपलाञ्चोक– प्राचीन, धार्मिक एवं ऐतिहासिक सहर बनेपा । जहाँ १२४

१५ केजी लागूऔषधसहित पाँच महिला पक्राउ

कपिलवस्तु– प्रहरीले कपिलवस्तुको कृष्णनगरबाट लागूऔषधसहित पाँच महिलालाई पक्राउ गरेको छ

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्छौँ : मन्त्री चौधरी

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले टीकापुर घटनासँग सम्बन्धित