नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै « Khabarhub

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा सहभागिता जनाउने भएको छ। भारतीय आईस स्केटिङ संघको आयोजना तथा एसियाली आईस स्केटिङ महासंघ (AISF) र अन्तर्राष्ट्रिय स्केटिङ महासंघ (ISU) को सहकार्यमा हुने शर्ट ट्रयाक स्पिड आईस स्केटिङ प्रतियोगितामा नेपालका ६ जना खेलाडी सहभागी हुन लागेका हुन्।

नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघका अध्यक्ष अच्युत खनालका अनुसार प्रतियोगिता आगामी पुष १२ देखि १४ गतेसम्म भारतको देहरादुनस्थित महाराणा प्रताप स्पोर्ट्स कम्प्लेक्समा रहेको हिमाद्री अन्तर्राष्ट्रिय आईस स्केटिङ रिंक सेन्टरमा आयोजना हुनेछ।

प्रतियोगितामा नेपालबाट सिनियर पुरुषतर्फ १००० मिटरमा रमेश मोक्तान र अरुण खतिवडा सहभागी हुने छन्। जुनियर महिलातर्फ ५०० मिटरमा परी गुरागाईं र अल्का घिमिरे तथा जुनियर पुरुषतर्फ २५० मिटरमा जेभिअर जंग थापा र सायोन आर्यालले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ।

टोलीसँग टिम म्यानेजरका रूपमा रुम्पा सञ्जु श्रेष्ठ र अफिसियलका रूपमा संघका महासचिव सत्य थापा सहभागी हुने छन्।

खेलाडी टोलीलाई बिदाइ गर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले यस ऐतिहासिक सहभागितालाई नेपालका लागि खुसीको विषय भएको बताए। उनले आईस स्केटिङ शीतकालीन ओलम्पिकको खेल भएको र नेपालको भूगोलअनुसार सम्भावनायुक्त खेल भएकाले भविष्यमा यसबाट नेपालले पदक जित्ने विश्वास व्यक्त गरे।

स्मरणीय छ, नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ अन्तर्राष्ट्रिय स्केटिङ महासंघको आवेदक राष्ट्रिय संघका रूपमा आबद्ध रहेको छ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ५ : ३३ बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक