नेपाली कम्युनिष्ट पार्टी ताजा जनादेश लिन तयार छ : नेता रावल « Khabarhub

नेपाली कम्युनिष्ट पार्टी ताजा जनादेश लिन तयार छ : नेता रावल


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

अत्तरिया – नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले ताजा जनादेश लिन नेपाली कम्युनिष्ट पार्टी तयार रहेको बताएका छन् ।

सो पार्टीको सुदूरपश्चिम प्रदेश समितिले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आगामी फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुन नेपाली कम्युनिष्ट पार्टी सम्पूर्णरुपमा तयार रहेको बताए।

उनले भने, ‘निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा हुनुपर्छ । सरकारले त्यो वातावरण बनाउनुपर्छ । आगामी निर्वाचनमा सहभागी भएर ताजा जनमत लिन हाम्रो पार्टी तयार छ ।’

उनले गत भदौ २३ र २४ गते घटेका घटनाको यथोचित, वस्तुगत तथा निष्पक्ष छानबिन गर्न र निर्वाचनको वातावरण बनाउन सरकारलाई आग्रहसमेत गरे। 

नेता रावलले सुदूरपश्चिमका ९ वटै जिल्लामा पार्टीले एकता सन्देशसभा सम्पन्न गरेको र अब पालिकास्तर हुँदै वडास्तमा पुर्‍याइने बताए।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ६ : ३३ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका