समयमै निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई असहयोग भएको अर्थमन्त्रीको गुनासो « Khabarhub

 समयमै निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई असहयोग भएको अर्थमन्त्रीको गुनासो


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले तोकिएको समयमा निर्वाचन गर्न देशभित्रैबाट सरकारलाई असहयोग भइरहेको गुनासो गरेका छन् ।  

बुधबार बिराटनगरमा विराट ट्रेड एक्स्पो उद्घाटन गर्दै मन्त्री खनालले फागुन २१ गते निर्वाचन गराउन वर्तमान सरकार दृढ संकल्पित रहेको र छिमेकीहरुले समेत विश्वास गरिरहेको बेला मुलुक भित्रै भने असफल बनाउने प्रयास भइरहेको बताएका हुन् । 

उनले फागुन २१ गते निर्वाचन नभए अकल्पनीय दुर्घटना हुन सक्ने भएकाले वर्तमान सरकारले जसरी पनि निर्वाचन गराउन प्रतिबद्ध रहेको र विदेशीहरूले समेत निर्वाचन हुने कुरामा विश्वास गरेको जानकारी दिए ।

उनले फागुन २१ गतेको निर्वाचन पछि बन्ने सरकारलाई आधारभूमि तयार गर्ने गरी वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका विभिन्न सवालहरूबारे धेरै काम गरिदिएको जानकारी दिए ।

अर्थमन्त्री खनालले आफू अध्यादेशबाट मुलुक चलाउने पक्षमा नरहेकाले वर्तमान सरकारलाई प्राप्त म्यान्डेटका आधारमा विद्यमान कानुन अनुसार नै अर्थतन्त्र सुधारका धेरै निर्णय गरिदिएको बताए । 

उनले जेन्जी आन्दोलन पछि शिथिल बनेको अर्थतन्त्र र मनोबल गिरेको उद्योगी व्यवसायीलाई राहत पुग्ने गरी एकीकृत योजना ल्याएको जानकारी दिए ।

खनालले संघियता कार्यान्वयनका लागि कर्मचारी सरुवा र नियुक्तिको अधिकार सम्बन्धित प्रदेश र पालिकालाई दिनुपर्ने जिकिर गरे । 

शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन तथा उत्पादित वस्तुको बजार प्रवर्द्धन गर्ने उद्देश्यले मोरङ उद्योग व्यापार संघले विराट ट्रेड एक्स्पो २०२५ आयोजना गरेको हो । 

पुस १९ गतेसम्म चल्ने एक्स्पोमा कृषि, पशुपालन, अटोमोबाइल्स, विज्ञान प्रविधि, औद्योगिक उत्पादन लगायतका २ सय वटा स्टलहरु राखिएको छ । 

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ६ : ५० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना