इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध « Khabarhub

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध


९ पुस २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि कम्पनीहरूलाई नियमन गर्न पाँच युरोपेलीमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध गरेको छ। 

अमेरिकी विदेश मन्त्रालयले मंगलबार प्रविधि क्षेत्रमा काम गर्ने ब्रेटन र अन्य चार व्यक्तिलाई भिसा अस्वीकार गर्ने घोषणा गरेको छ। उनीहरूले अमेरिकी सामाजिक मिडिया प्लेटफर्महरूको विरोध गर्ने दृष्टिकोणलाई नियन्त्रण गर्न ‘जबरजस्ती’ गर्न खोजेको आरोप लगाए ।

‘हामीले अमेरिकी अधिकारीहरूसँग स्पष्टीकरण मागेका छौँ र यस मुद्दामा नियमित लागिपरेका छौँ । आवश्यक भएमा हामी अनुचित उपायविरुद्ध हाम्रो नियामक स्वायत्तताको रक्षा गर्न द्रुत र निर्णायक रूपमा प्रतिक्रिया दिनेछौँ,’ आयोगको एक विज्ञप्तिमा भनिएको छ।
 
विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो डिजिटल नियमहरूले सबै कम्पनीहरूको लागि सुरक्षित, निष्पक्ष र समान स्थान सुनिश्चित गर्छ, साथै, यो निष्पक्ष र भेदभावबिना लागू हुन्छ।’

‘अभिव्यक्ति स्वतन्त्रता युरोपको मौलिक अधिकार हो र लोकतान्त्रिक संसारमा संयुक्त राज्य अमेरिकासँग साझा र प्रमुख मूल्य हो,’ आयोगले भनेको छ ।

‘इयू एक खुला, नियममा आधारित एकल बजार हो, जसमा हाम्रो लोकतान्त्रिक मूल्य र अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू अनुरूप आर्थिक गतिविधिलाई नियमन गर्ने सार्वभौम अधिकार छ,’ आयोगले भनेको छ।

प्रकाशित मिति : ९ पुस २०८२, बुधबार  ८ : ०३ बजे

कांग्रेस देउवा पक्षले थाल्यो वडा अधिवेशन (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहले पनि १५औँ महाधिवेशनको प्रक्रिया

उत्तर कोरियालाई वार्तामा फर्किन राष्ट्रपति लीको आह्वान

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियासँग विश्वास पुनःस्थापित

स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो

एजेन्सी– स्विट्जरल्यान्डका हिमनदीले यस वर्ष आफ्नो कुल बरफको मात्रा ५.५

प्रमुख प्रशासकीय अधिकृत स्थानीय सेवाकै पद हुने, गाउँपालिकादेखि महानगरसम्म तहगत दरबन्दीको प्रस्ताव

काठमाडौं– सङ्घीय निजामती सेवालाई संशोधन र एकीकरण गर्न बनेको विधेयक

राष्ट्रियसभा : बाढीपहिरो पीडितलाई विशेष राहत प्याकेज घोषणा गर्न माग

काठमाडौं– सांसदहरुले देशका विभिन्न जिल्लामा बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति सरकारको