‘अब हिजोको जस्तो पढ्न पाएर मात्र हुँदैन’ « Khabarhub

‘अब हिजोको जस्तो पढ्न पाएर मात्र हुँदैन’


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

गोरखा–  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षालाई पहिलो प्राथामिकतामा राखेर लगानी गर्न सरकार प्रतिवद्ध रहेको बताएकी छिन् ।

गोरखा नगरपालिका–८, आहालेस्थित श्री सरस्वती माध्यामिक विद्यालयको स्वर्ण जयन्ती तथा अभिभावक दिवस समारोहको समापन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अहिलेको लगानी पर्याप्त नभएको बताइन् ।

‘‘अहिले शिक्षामा दश प्रतिसत मात्र सरकारको लगानी छ, यसलाई बढाउनुपर्छ, संघीय, प्रदेश र स्थानीय सरकार तीनै तहवाट शिक्षामा कति लगानी गर्ने भन्ने पनि सुनिश्चित गर्नुपर्छ, मन्त्री भट्टराईले भनिन्, ‘अहिलेको लगानीलाई बढाएर कुल बजेटको २० प्रतिशत शिक्षामा लगानी गर्नका लागि सङ्घीय सरकारले आफूलाई तयार गर्नुपर्छ ।’

शिक्षालाई थप गुणस्तरीय बनाउन सरकारले लगानी बढाउनुपर्ने बेला आएको जनाउँदै उनले सामुदायिक विद्यालयको शैक्षिक स्तरोन्नतिका लागि समुदायसमेत सचेत र जागरुक हुनुपर्नेमा जोड दिए । ‘शिक्षामा लगानी बढाउने कुरा हामीले अन्तर्राष्ट्रिय रुपमा पनि प्रतिवद्धता व्यक्त गरेका छौँ, मन्त्री भट्टराईले भनिन्, ‘राष्ट्रिय रुपमा हाम्रो संविधानले नै शिक्षामा लगानी गर्नुपर्ने कुरा निदृष्ट गरेको छ ।’

मन्त्री भट्टराईले सबैभन्दा पहिला संस्थागत विद्यालय राम्रो र सार्वजनिक विद्यालय नराम्रो भन्ने सोचलाई परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याइन् । ‘सार्वजनिक विद्यालयमा राम्रो शिक्षा पाएका थुप्रै उदाहरण छन्, उनले भनिन्, ‘सार्वजनिक विद्यालयमा सिङ्गो समुदायले गरेको मेहनत र सरकारले दिएको साथमा अपर्याप्त छ भने सबैको खबरदारी गर्नु जरुरी हुन्छ ।’

ऐन, कानून र नीति नियममा भएका सबै खालका समस्याको हल गरेर शिक्षा क्षेत्रको विकासका लागि सरकार अघि बढिरहेको उनको भनाइ छ । ‘आज पढ्न पाएर मात्र भएन, कस्तो विद्यालयमा पढ्ने, कहाँ पढ्ने, शिक्षकहरू कस्तो हुनुहुन्छ, कसरी पढाउनुहुन्छ, कस्तो पाठ्यपुस्तक छ, यी समग्र अवस्थामा आधारमा विद्यार्थी विद्यालयमा आउँछन्, मन्त्री भट्टराईले भनिन्, ‘अब हिजोको जस्तो पढ्न पाएर मात्र हुँदैन ।

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ७ : २३ बजे

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि

आजका समाचार : एनपीएल जारी, चिकित्सा शिक्षा क्षेत्रको सहमति कार्यान्वयन हुने, चक्रपात आँधीको चेतावनी र खाडी मुलुक फेरि जोखिममा 

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश