भोजपुरमा भूमि आयोगद्वारा काम सुरु « Khabarhub

भोजपुरमा भूमि आयोगद्वारा काम सुरु


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भोजपुर– जिल्लामा सरकारले गठन गरेको भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय सञ्चालनमा आएको छ ।

भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकारले गठन गरेको आयोगका जिल्ला समिति अध्यक्ष देवीराम चौलागाईंले पदभार ग्रहण गरेसँगै कार्यालय सञ्चालनमा आएको हो । 

पदभार ग्रहणपश्चात् जिल्लाका सबै खाले भूमिसम्बन्धी समस्या समाधानका लागि सबै पक्षसँग समन्वय गरेर काम गर्ने अध्यक्ष चौलागाईंले बताए । विगतमा भएका कामलाई निरन्तरता दिँदै सरकारले दिएको जिम्मेवारी पूरा गर्ने उनको भनाइ छ ।

‘भोजपुरको भूमिसम्बन्धी समस्या समाधानका लागि यहाँ आयोगले गम्भीर ढङ्गले काम गर्नेछ’, अध्यक्ष चौलागाईँले भने, ‘विगतमा यो आयोगले गरेका कामको अध्ययन गरेर त्यसको निरन्तरतासँगै थप कामलाई व्यवस्थित ढङ्गले अघि बढाउँछौँ ।’

पदभार ग्रहण तथा कार्यालय स्थापना कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, सरकारी कार्यालय, नागरिक समाजलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने वक्ताले भूमिसम्बन्धी समस्या समाधानमा आयोग गम्भीर ढङ्गले लाग्नुपर्ने धारणा राखे । 

सरकार परिवर्तनसँगै आयोगका पदाधिकारी फेरबदलले कामले पूर्णताः पाउन नसकेको उनीहरूको भनाइ छ । अब भने यो आयोग नै अन्तिम हुने गरी जिल्लाको भूमिसम्बन्धी समस्या समाधानमा काम गर्नुपर्ने सहभागीको भनाइ छ । 

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ३ : २४ बजे

रविको प्रतिवेदन : प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव, दुईतिहाइको रक्षा गर्दै सुशासनको नयाँ युगमा लैजाने संकल्प 

चितवन-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि लामिछानेले राजनीतिक

आजका समाचार : नयाँ नेतृत्वतिर रास्वपा, विष्णु पौडेल पक्राउले तरंग, इरान अमेरिका सम्झौता टिक्नेमा शंका र विश्वकपमा मेस्सीको जादु निरन्तर 

समूहगत दबाबमा रवि-बालेन, जेन-जीका नाममा सुधनको ‘बार्गेनिङ’राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो

द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन

एजन्सी– इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्ट्रेट अफ हर्मुज’

रविले दिए सभापति पदमा उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको सभापति

हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौं

काठमाडौं– युरोपेली सङ्घ (ईयु) ले नेपाल तथा दक्षिण एसियासँगको हवाई