पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छ : सञ्चारमन्त्री गुरुङ « Khabarhub

पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छ : सञ्चारमन्त्री गुरुङ


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

कास्की– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशको राजधानी पोखरालाई पर्यटनसहित खेलकुदको केन्द्र बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

पोखरा रङ्गशालामा आजदेखि सुरु पाँचौँ संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनशिप’ महिला तथा पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले सरकारको सपना पोखरालाई सबै हिसाबले समृद्ध बनाउने रहेको उल्लेख गरे। 

‘गण्डकी प्रदेश स्रोत र साधनले सम्पन्न छ । मानवीय प्रयासले अझ शान्त र सभ्य, समृद्ध बनाउने हाम्रो सपना छ । पर्यटकीय राजधानीसँगै पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्दछ’, सञ्चारमन्त्री गुरुङले भने। 

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले पोखरालाई खेलकुद राजधानीसँगै शिक्षा र स्वास्थ्यको राजधानी बनाउनका लागि भौतिक पूर्वाधार निर्माण सरकारको योजनामा रहेको बताए। 

टाइगर कप भलिबलसहित, आहा रारा गोल्डकप फुटबल, अन्तर्राष्ट्रिय म्याराथनलगायतका प्रतियोगिताले यहाँको खेलकुदको विकासमा सहयोग गरेको उनको भनाइ थियो । मन्त्री गुरुङले पोखरामा ‘आइटी पार्क’ र ‘डाटा सेन्टर’ बनाउने सरकारको योजना रहेको बताए ।

पोखरा महानगरका प्रमुख धनराज आचार्यले खेलकुद विकासलाई महानगरले प्राथमिकतामा राखेको बताए । खेल र खेलाडीका लागि महानगरले सहयोग गर्दै आएको समेत उनले जानकारी दिए ।

 पोखरा रङ्गशालामा आजदेखि सुरु प्रतियोगिता यही माघ १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ छ र महिलातर्फ छ गरी कूल १२ टोलीको सहभागिता छन् । 

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ७ : ५२ बजे

सबैको नजर रोनाल्डोमाथि, सरप्राइज दिने दाउमा डीआर कंगो

काठमाडौं – क्रिस्टियानो रोनाल्डो एक विश्वकप जितेर आफ्नो फुटबल करिअरलाई

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त

भियतनाममा बिरालो उद्धार अभियान

हो ची मिन्ह सिटी- भियतनामको हो ची मिन्ह सिटीमा प्रहरीले

ह्याट्रिक गरेपछि मेस्सीको सम्मानमा स्टेडियम नै जुरुक्क उठ्यो 

काठमाडौं– लियोनल मेस्सी फुटबल इतिहासकै महान् खेलाडी रहेको मंगलबार राति फेरि

रौतहटको सवारी व्यवस्थापनमा सुधार

रौतहट– मधेस प्रदेशको रौतहट जिल्लामा गत आर्थिक वर्षको तुलनामा चालु