जनतासँगै खट्न नेता तथा कार्यकर्तालाई प्रचण्डको निर्देशन « Khabarhub

जनतासँगै खट्न नेता तथा कार्यकर्तालाई प्रचण्डको निर्देशन


१२ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

दाङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी नेता तथा कार्यकर्ताहरुलाई जनतासँगै खट्न निर्देशन दिएका छन् ।

माओवादी केन्द्र घोराहीको नगर अधिवेशन उद्घाटन तथा जिल्लास्तरीय पार्टी प्रशिक्षणलाई आज घोराहीमा सम्बोधन गर्दै अध्यक्ष दाहालले विगतमा सत्तामा जाँदा सहिद, बेपत्ता तथा घाइते परिवारसँग सम्बन्ध टुटेको, जनतासँग पनि सम्बन्ध पनि टुटेको उल्लेख गर्दै विगतको गल्ती सच्याउन निर्देशन गरे ।

“विगतमा हामीमा धुलो लागेकै हो”, उनले भने, “अब हामी सच्चिनु पर्छ, सच्चिएर जनताको सेवामा लाग्नुपर्छ ।”

अहिले आफूले देशव्यापी रुपमा सहिद तथा बेपत्ता परिवारसँग भेटघाट गरिरहेको तथा जनताको घरदैलोमा पुग्ने गरेको भन्दै सबै नेता तथा कार्यकर्ताहरु यसरी नै जनताको घर–घरमा जान निर्देशन गरे ।

साथै उनले प्राप्त उपलब्धिहरुलाई रक्षा गर्नु अहिलेको आवश्यकता भएको बताए। उपलब्धिमाथि चौतर्फी प्रहार भइरहेको भन्दै यसको रक्षाका लागि शान्तिपूर्ण आन्दोलन हुन सक्ने भन्दै त्यसका लागि तयार हुनसमेत निर्देशन दिए

प्रकाशित मिति : १२ माघ २०८१, शनिबार  ९ : ३१ बजे

किएभमा थप आक्रमण गर्ने रूसको चेतावनी, विदेशीलाई शहर छोड्न आग्रह

मस्को – रूसले किएभमा थप आक्रमण गर्ने योजना सार्वजनिक गर्दै

धनुषाका विभिन्न स्थानबाट १४ लाखको अवैध सामान बरामद

धनुषा – सशस्त्र प्रहरी बलले धनुषाका विभिन्न स्थानबाट रु १४

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला – दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार

मेक्सिको सिटी – विश्वकपमा इरानलाई आतिथ्यता दिन मेक्सिको तयार रहेको

रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

बारा – बाराको निजगढमा आज साँझ आएको हुरीले रुखको हाँगा