च्याम्पियन्स ट्रफी : न्युजिल्यान्ड र भारत सेमिफाइनलमा « Khabarhub

च्याम्पियन्स ट्रफी : न्युजिल्यान्ड र भारत सेमिफाइनलमा


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


483
Shares
  • change font
  • change font
  • change font

रावलपिण्डी – न्युजिल्यान्ड र भारत च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेका छन्।

सोमबार रावलपिण्डीमा भएको खेलमा न्युजिल्यान्डले बंगलादेशलाई ५ विकेटले हराएसँगै एक खेल अगाडि नै भारत र न्युजिल्यान्ड सेमिफाइनल प्रवेश गरेका हुन्।

समूह ‘ए’ को शीर्ष स्थानका लागि अब भारत र न्युजिल्यान्डबीच मार्च २ मा प्रतिस्पर्धा हुनेछ। सो खेलको नतिजा जे भए पनि मार्च ४ मा भारतले पहिले सेमिफाइनल दुबईमा खेल्ने छ भने न्युजिल्यान्डले मार्च ५ मा दोस्रो सेमिफाइनल खेल्ने छ।

प्रतियोगिताबाट बाहिरिइसकेका बंगलादेश र पाकिस्तानले बिहीबार रावलपिण्डीमा प्रतिस्पर्धा गर्नेछन्। उक्त खेलमा दुवै देश पहिलो जितको खोजीमा हुनेछन्। आयोजक पाकिस्तान सान्त्वना जितको खोजीमा हुनेछ।

सोमबार भएको खेलमा बंगलादेशले दिएको २३७ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४६.१ ओभरमा ५ विकेटको क्षतिमा २४० रन बनाएको थियो। न्युजिल्यान्डका रचिन रविन्द्रले शानदार शतकीय पारी खेल्दै ११२ रन जोडे। १०५ बलको सामना गरेका उनले १२ चौका र १ छक्काको मद्दतमा शतक हिर्काएका हुन्। उसका लागि टम लाथमले ५५ रन जोडे।

टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ९ विकेटको क्षतिमा २३६ रनको योगफल खडा गरेको थियो। तान्जिद हसन र नजिमुल मुसेन सान्टोले पहिलो विकेटका लागि ४५ रनको साझेदारी गर्दा बंगलादेश बलियो अवस्थामा रहे पनि माइकल ब्रासवेलले बङ्गलादेशको पारी ध्वस्त बनाएका थिए। न्युजिल्यान्डका ब्रासवेलले १० ओभरमा २६ रन खर्चेर ४ विकेट लिए। बंगलादेशले ११८ रनमा ५ विकेट गुमाएका थियो। बङ्गलादेशका सान्टोले सर्वाधिक ७७ रन जोड्नुबाहेक अन्य बयाट्सम्यान टिक्न सकेनन्।

समूह ‘बी’मा सबै टिमले एकएक खेल खेल्दा अस्ट्रेलिया र दक्षिण अफ्रिकाले दुईदुई अंक जोडेका छन् भने इंग्ल्यान्ड र अफगानिस्तान अंकबिहीन छन्।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ६ : २८ बजे

बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार गरेको कसुरमा नेपालका ढकाललाई २५ वर्ष जेल सजाय

काठमाडौँ– बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार तथा यौन

मार्तडी आगलागीबाट २ करोड क्षतिको अनुमान

बाजुरा- बाजुराको सदरमुकाम मार्तडीमा एक डिपार्टमेन्ट पसलमा आगलागी हुँदा २

मनास्लु घुम्न आउने पर्यटकबाट चुमनुब्री गाउँपालिकाले गर्‍यो ८० लाख आम्दानी

गोरखा- उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले मनासलु संरक्षण क्षेत्र (एमक्याप) आउने

चाइनिज ताइपेइसँग पराजित भयो नेपाली महिला टोली

काठमाडौँ– नेपाल चाइनिज ताइपेइसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित भएको छ।

कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिको बैठक बोलाइयो

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठक आह्वान