प्रकृतिका बुवाले प्रधानमन्त्रीसँग भने- आगामी दिनमा नेपालीका छोराछोरीको यस्तो घटना सुन्नु नपरोस् « Khabarhub

प्रकृतिका बुवाले प्रधानमन्त्रीसँग भने- आगामी दिनमा नेपालीका छोराछोरीको यस्तो घटना सुन्नु नपरोस्


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले भारतको उडिसास्थित केआइआइटी विश्वविद्यालयको छात्रावासमा मृत भेटिएकी नेपाली छात्रा प्रकृति लम्सालका बुवा सुनिल लम्सालसँग फोनवार्ता गरेका छन्।

एमाले नेता मधेश बस्नेतले भैरहवास्थित घरमै पुगेर लम्सालका बुवाआमालाई भेटेर समवेदना प्रकट गरेपछि प्रधानमन्त्रीसँग कुराकानी गराएका हुन्।

कुराकानीकाक्रममा प्रकृतिका बुवा सुनिलले प्रधानमन्त्री ओलीलाई आफ्नो छोरीको घटना भए पनि अब नेपालीका छोराछोरीको यो अवस्था सुन्नु नपर्ने परिस्थिति बनाउन सुझाव दिएका छन्।

प्रधानमन्त्रीसँगको कुराकानीमा सुनिलले भने, ‘‘अब हाम्रो त घटना भइसक्यो, होइन। घटना भइनै सक्यो। त्यहाँ समग्र नेपालीका छोराछोरी हुनुहुन्छ। आगामी दिनमा यस्तो घटना सुन्नु नपरोस्। हजुरको तर्फबाट राज्यले पहल गरिदेओस्। घटना घटिसक्यो। दुर्घटना भइसक्यो।’’

जवाफमा प्रधानमन्त्रीले सरकारले चासो लिएको बताएका छन्। ओलीले सुझाव सुनिसकेपछि भनेका छन्, ‘हामीले चासो लिएका छौँ। कूटनीतिक ढंगले र सरकारी तवरबाट चासो लिएकै छौँ।’

प्रधानमन्त्री ओलीले समग्र विषयमा परिवारसँग थप जानकारी लिँदै न्यायको लागि पहल गर्ने र घटनामा संलग्न अपराधीलाई कारबाही गर्नको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

नेता बस्नेतले भैरहवा स्थित उनको घरमै पुगेर बुवाआमा र परिवारलाई भेटेर समवेदना प्रकट गरेका हुन्।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ९ : ०२ बजे

समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता

हुण्डी कारोबारको आरोपमा दुई जना पक्राउ

सुनसरी– हुण्डी कारोबारमार्फत एक अर्ब ५७ करोडभन्दा बढी रकमको कारोबार

तीस अर्बको एकमहिने निक्षेप संकलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्बको एकमहिने

आजदेखि हलमा तीन नेपाली फिल्म : झिंगेदाउ-२, कार्की साइँला र माया बस्छ कि के हो !

काठमाडौं– आजबाट हलमा तीन नयाँ फिल्म थपिएका छन् ।  ज्ञानेन्द्र

जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै

चितवन– चितवन राष्ट्रिय निकुञ्जको भित्री भागका सडक सरसफाइ सुरु गरिएको