प्रकृतिका बुवाले प्रधानमन्त्रीसँग भने- आगामी दिनमा नेपालीका छोराछोरीको यस्तो घटना सुन्नु नपरोस् | Khabarhub Khabarhub

प्रकृतिका बुवाले प्रधानमन्त्रीसँग भने- आगामी दिनमा नेपालीका छोराछोरीको यस्तो घटना सुन्नु नपरोस्


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले भारतको उडिसास्थित केआइआइटी विश्वविद्यालयको छात्रावासमा मृत भेटिएकी नेपाली छात्रा प्रकृति लम्सालका बुवा सुनिल लम्सालसँग फोनवार्ता गरेका छन्।

एमाले नेता मधेश बस्नेतले भैरहवास्थित घरमै पुगेर लम्सालका बुवाआमालाई भेटेर समवेदना प्रकट गरेपछि प्रधानमन्त्रीसँग कुराकानी गराएका हुन्।

कुराकानीकाक्रममा प्रकृतिका बुवा सुनिलले प्रधानमन्त्री ओलीलाई आफ्नो छोरीको घटना भए पनि अब नेपालीका छोराछोरीको यो अवस्था सुन्नु नपर्ने परिस्थिति बनाउन सुझाव दिएका छन्।

प्रधानमन्त्रीसँगको कुराकानीमा सुनिलले भने, ‘‘अब हाम्रो त घटना भइसक्यो, होइन। घटना भइनै सक्यो। त्यहाँ समग्र नेपालीका छोराछोरी हुनुहुन्छ। आगामी दिनमा यस्तो घटना सुन्नु नपरोस्। हजुरको तर्फबाट राज्यले पहल गरिदेओस्। घटना घटिसक्यो। दुर्घटना भइसक्यो।’’

जवाफमा प्रधानमन्त्रीले सरकारले चासो लिएको बताएका छन्। ओलीले सुझाव सुनिसकेपछि भनेका छन्, ‘हामीले चासो लिएका छौँ। कूटनीतिक ढंगले र सरकारी तवरबाट चासो लिएकै छौँ।’

प्रधानमन्त्री ओलीले समग्र विषयमा परिवारसँग थप जानकारी लिँदै न्यायको लागि पहल गर्ने र घटनामा संलग्न अपराधीलाई कारबाही गर्नको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

नेता बस्नेतले भैरहवा स्थित उनको घरमै पुगेर बुवाआमा र परिवारलाई भेटेर समवेदना प्रकट गरेका हुन्।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ९ : ०२ बजे

युएसएडका सयौँ गाडी र मोटसाइकल थन्किए चोभारमा (तस्बिरहरू) 

काठमाडौं– अमेरिकी सहयोग निकाय युएसएड बन्द हुँदा नेपालमा यस निकायले

दुई करोड बढीको लगानिमा डेरी व्यवसाय

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१० झलारीका ललित हमालले दुई दशकअघि साइकलमा दूध

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

राजविराज–  डाकाको एक समूहले  सुरुङगा नगरपालिका– ८ को एक घरमा

सुनिताको स्वदेश मोह : कोरियाको कमाइ, दुर्गम गाउँमा व्यवसाय 

सुविधाले भरिएको शहरको बसाइ । दुई लाख बढीको मासिक आम्दानी

चालु आर्थिक वर्षमा पाँच करोड राजस्व संकलन

इनरुवा– सशस्त्र प्रहरी बल ४ नम्बर गणले चालु आर्थिक वर्षमा