बुलबुले गुरुयोजनाको शिलान्यास « Khabarhub

बुलबुले गुरुयोजनाको शिलान्यास


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– बुलबुले गुरुयोजना कार्यान्वयनका लागि ताल निर्माणको शिलान्यास गरिएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज उक्त योजनाको शिलान्यास गरेका हुन् ।

योजना शिलान्यास गर्दै मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशको उत्कृष्ट पर्यटकीय स्थल बुलबुले ताललगायतका विकासका संरचना निर्माणमा सरोकारवालाको सहयोग आवश्यक रहेको बताए। 

उनले भने, ‘शिलान्यास तामझामले गर्ने तर पछि सुख्खाराम हुने गरी काम नगर्नुस् । काम गर्दा पुरस्कार लिने गरी काम गर्नुस् । अतिरिक्त शुल्क तिर्नुपर्दैन । भुक्तानीमा कहीँ कतै समस्या हुँदैन ।’

उनले बुलबुले तालःसहित काँक्रेबिहारको काम क्रमशः अगाडि बढेको र सामाजिक विकास मन्त्रालयसँग जोडिएको चौघान चौरको निर्माण पनि निकट भविष्यमै सुरु हुने जानकारी दिए। 

भू तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख शिखर चपाईले चालु आर्थिक वर्षको असार १० गते सम्पन्न हुने गरी यही फागुन ४ गते प्रवीण निर्माण सेवा सुर्खेतसँग निर्माण सम्झौता भएको बताए ।

 चार हजार दुई सय वर्ग मिटर क्षेत्रफलको ताल विस्तार तथा आवश्यक पूर्वाधार निर्माणका लागि रु एक करोड १२ लाख ३६ हजार आठ सय ६३ लागतमा ठेक्का सम्झौता भएको हो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  २ : ३३ बजे

आज २०८३ साल असोज ६ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ६ गते मंगलबार सन् २०२६

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र