बुलबुले गुरुयोजनाको शिलान्यास « Khabarhub

बुलबुले गुरुयोजनाको शिलान्यास


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली– बुलबुले गुरुयोजना कार्यान्वयनका लागि ताल निर्माणको शिलान्यास गरिएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले आज उक्त योजनाको शिलान्यास गरेका हुन् ।

योजना शिलान्यास गर्दै मुख्यमन्त्री कँडेलले कर्णाली प्रदेशको उत्कृष्ट पर्यटकीय स्थल बुलबुले ताललगायतका विकासका संरचना निर्माणमा सरोकारवालाको सहयोग आवश्यक रहेको बताए। 

उनले भने, ‘शिलान्यास तामझामले गर्ने तर पछि सुख्खाराम हुने गरी काम नगर्नुस् । काम गर्दा पुरस्कार लिने गरी काम गर्नुस् । अतिरिक्त शुल्क तिर्नुपर्दैन । भुक्तानीमा कहीँ कतै समस्या हुँदैन ।’

उनले बुलबुले तालःसहित काँक्रेबिहारको काम क्रमशः अगाडि बढेको र सामाजिक विकास मन्त्रालयसँग जोडिएको चौघान चौरको निर्माण पनि निकट भविष्यमै सुरु हुने जानकारी दिए। 

भू तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख शिखर चपाईले चालु आर्थिक वर्षको असार १० गते सम्पन्न हुने गरी यही फागुन ४ गते प्रवीण निर्माण सेवा सुर्खेतसँग निर्माण सम्झौता भएको बताए ।

 चार हजार दुई सय वर्ग मिटर क्षेत्रफलको ताल विस्तार तथा आवश्यक पूर्वाधार निर्माणका लागि रु एक करोड १२ लाख ३६ हजार आठ सय ६३ लागतमा ठेक्का सम्झौता भएको हो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  २ : ३३ बजे

केन्यामा इबोला सङ्क्रमित आठ पुगे

नैरोबी- केन्यामा इबोला सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । स्वास्थ्य

कोप–३१ मा नेपालको प्राथमिकता : जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी

काठमाडौँ- नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया– घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र

भारत छाड्ने सरकारी आदेशविरुद्ध अदालत पुगे इमरान खान, ओसीआई कार्ड पनि रद्द हुन सक्ने

काठमाडौँ – बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खान