संसदीय समितिले राम्रो काम गर्‍यो तर, सभापतिमाथि प्रतिसोध साधियो : सन्तोष परियार « Khabarhub

संसदीय समितिले राम्रो काम गर्‍यो तर, सभापतिमाथि प्रतिसोध साधियो : सन्तोष परियार


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सांसद सूर्य थापा नेतृत्वको सहरकारी सम्बन्धी संसदीय छानबिन समितिले राम्रो काम गरेको भए पनि पार्टी सभापति रवि लामिछाने माथि प्रतिसोध साधिएको बताए छन् । 

सुर्खेतमा मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजनाको गरेको पत्रकार सम्मेलनमा परियारले सहकारी छानबिन समितिले राम्रो प्रतिवेदन दिएको सभापति लामिछाने कतै नजोडिएको बताए ।  

सूर्य थापा नेतृत्वको संसदीय समितिले निकै मेहनत गरेर काम गरेको र त्यहाँ कतै सहकारीबाट पैसा ल्याउनेमा पार्टी सभापति लामिछानेको संलग्नता नदेखिएको बताए । 

‘उहाँले सहकारीबाट ऋण लिनका लागि त निवेदनलगायतका अन्य विषय जोडिएको हुनुपर्थ्यो नि त ? त्यो कतै देखिँदैन,’ उनले भने,‘गोर्खा मिडियामा उहाँ त्यहाँ संलग्न हुँदा पैसा आयो । त्यहाँ आएको पैसामा लामिछानेको जबाफदेहिता रहनुपर्छ भनेर छानबिन समितिको प्रतिवेदनले भनेको यत्ति हो ।’

परियारले यत्ति भनेको प्रतिवेदनमा उहाँ(लामिछाने) माथि संगठित अपराध मुद्दा, सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइयो र सहकारी ठगी भनियो यो प्रतिसोध भएको सचेतक परियारले बताए ।

‘जबकि त्यहाँ ठगी भनेको नै छैन । यस आधारमा हामीले भनेको के हो ? भने यो राजनीतिक प्रतिसोध भयो,’ उनले भने,‘आज मुद्दा हारिएला तर, इतिहासमा यसको उचित मूल्याङ्कन त होला नि ?’

सम्पत्ति शुद्धीकरणको मुद्दा लाग्ने बित्तिकै यता सांसद पद जिल्ला प्रहरी कार्यालय निलम्बन गरियो भनियो र एउटा सार्वभौम सांसदले संविधान नियमावली अनुसार चल्ने कुरा सांसद पद निलम्बन गरिनु प्रतिसोध भएको सचेतक परियारले बताए । ‘यस अर्थ यो प्रतिसोध भयो,’ उनले भने,‘अदालतमा विश्वास गर्छौँ । इतिहासका यसको समीक्षा गर्नेछ ।’

त्यस्तै, परियारले अहिले सभापति लामिछानेसँग निरन्तर आफ्नो छलफल भइरहेको र अदालतमा मुद्दा चलिरहेका कारणले कुनै पनि विषयमा नबोल्ने बताउनु भएको जानकारी दिए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ४ : ३७ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट