देश विकास हुँदै छ, युवा निराश हुनु पर्दैन : प्रधानमन्त्री | Khabarhub Khabarhub

देश विकास हुँदै छ, युवा निराश हुनु पर्दैन : प्रधानमन्त्री


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अँध्यारो युगबाट भर्खरै उज्यालो युगमा प्रवेश गरेकाले युवा निराश हुनु नपर्ने बताएका छन् ।  

काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा मंगलबार आयोजित कार्यक्रम सम्बोधन गर्दै उनले मुलुकमा असाधारण विकास हुँदै गएकाले सरकारले केही गरेन भन्न नमिल्ने जिकिर गरे । 

सरकारले देश बनाउने सवालमा अन्धाधुन्ध हिसाबले नभएर सोच–विचार गरेर काम गरिरहेको भन्दै प्रधानमन्त्रीले यो यात्रामा जनताले पनि साथ र सहयोग गर्नुपर्नेमा जोड दिए । 

‘खान–लाउन नपाउनेलाई सरकारले हेर्नुपर्छ । पढ्न नसक्नेलाई सरकारले पढाउनुपर्छ । तिर्न सक्नेलाई छात्रवृत्ति दिइरहनुपर्छ भन्ने छैन,’ ओलीले भने, ‘आफैं तिरेर उच्च शिक्षा पढ्न चाहने स्वदेशी र विदेशीलाई सरकारी वा निजी सबै शिक्षालयमा पूर्वाधार सुविधा र कोटा बढाएर उचित वातावरण दिनुपर्छ ।’ 

प्रधानमन्त्री ओलीले एसईईमा धेरै संख्यामा विद्यार्थी अनुत्तीर्ण हुने गरी पढाउने शिक्षकलाई तलब बढाउन नसकिने र विद्यार्थीलाई बुझाएर पढाउन नसक्ने शिक्षकको कमजोरीको दोष विद्यार्थीलाई दिन नमिल्ने बताए । 

आफू पहिला प्रधानमन्त्री हुँदा तीन सय ९६ आधारभूत अस्पतालको एकै पटक शिलान्यास गरेको स्मरण गर्दै ओलीले यस बीचमा प्रभावकारी रूपमा काम हुन नसकेको बताए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ४ : ३९ बजे

पृथ्वीमानले पुर्‍याएको योगदान महत्त्वपूर्ण छ : सभापति देउवा

चितवन– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व पृथ्वीमान गुरुङले पार्टीमा

तनहुँमा बस भिरमा खस्नुअघि ढोकाबाट हामफालेका थिए आठ यात्रु

तनहुँ- गोरखाबाट चितवनको नारायणगढ गइरहेको बस आइतबार दिउँसो तनहुँको ऐनापहराबाट खस्दै

बहुविवाहलाई छुट दिने गरी कानुन नबनाऊ 

काठमाडौं– राजनीतिक दलका महिला सङ्गठनहरुले बहुविवाहलाई छुट दिने गरी कुनै

सुनकोशी मरिन डाइभर्सन आयोजनाको काम सात वर्षमा ३७ प्रतिशत

धनुषाधाम–  तराई–मधेसको सिँचाइ, खानेपानी र ऊर्जा उत्पादन समस्याको दिगो समाधानका