छात्रवृत्तिका लागि आवेदन दिन प्रधानमन्त्री ओलीको आह्वान « Khabarhub

छात्रवृत्तिका लागि आवेदन दिन प्रधानमन्त्री ओलीको आह्वान


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट वितरण गरिने विभिन्न विषयको छात्रवृत्तिका लागि केही ‘सिट’ खाली रहेकाले आवेदन दिन आह्वान गरेका छन् ।

आज जानकारीका लागि भन्दै सामाजिक सञ्जालमार्फत शिक्षा मन्त्रालयले खुलाएको छात्रवृत्तिका लागि आवेदनको आवश्यक सिट सङ्ख्या नपुगेकाले आवेदन दिन उनले आह्वान गरेका हुन् ।

प्रधानमन्त्री ओलीले खाली रहेका सिटमा छात्रवृत्तिका लागि छिटोभन्दा छिटो आवेदन दिन सम्बद्ध सबैको ध्यानाकर्षण गरे।

‘शिक्षा मन्त्रालयबाट विभिन्न विषयको छात्रवृत्तिका लागि आवेदन खुलाइएकामा आवश्यक सङ्ख्या नपुगेका कारण ‘अन्डर ग्र्याजुएट एमबिबिएस’मा एक, ‘पोस्ट ग्र्याजुएट इन्जिनियरिङ’मा सात, ‘एग्रिकल्चर’मा तीन, ‘पिएचडी इन्जिनियरिङ’मा एक, ‘भेटेरिनरी’मा एक, ‘आइटी’मा चार, ‘मेडिकल साइन्स’मा दुई र ‘कन्जरभेसन’मा एक जनाको सिट अझै खाली रहेको सूचना पाएको छु । खाली रहेका सिटमा छात्रवृत्तिका लागि छिटोभन्दा छिटो (एक–दुई दिनभित्रै) आवेदन दिनुहोला,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत अनुरोध गरेका छन्

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ४ : ५९ बजे

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया– घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र

भारत छाड्ने सरकारी आदेशविरुद्ध अदालत पुगे इमरान खान, ओसीआई कार्ड पनि रद्द हुन सक्ने

काठमाडौँ – बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खान

टाइगर श्राफमाथि गोली प्रहारपछि भाग्दै थिए नेपालतर्फ ? कोटा रेलवे स्टेसनबाट तीन जना पक्राउ

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि गोली प्रहार गरेको

नवरात्रको नवौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको नवौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित