राजनीतिको केन्द्र जनता हुनुपर्छ : राष्ट्रपति  « Khabarhub

राजनीतिको केन्द्र जनता हुनुपर्छ : राष्ट्रपति 


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको आकांक्षा अनुसारको सुशासन, विकास र समृद्धिको बाटोमा नेपाललाई डोर्‍याउन राजनीतिक दल र नेतृत्व अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । 

महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकलाई सुशासन, विकास र समृद्धिको बाटोमा डोर्‍याउन सके मात्र व्यवस्थाप्रति जनताको भरोसा जगाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको विकास र प्रगतिको लक्ष्य हासिल गर्न सकिने स्पष्ट पारे । 

उनले राजनीतिको केन्द्र सदैव जनता हुनुपर्ने भन्दै  त्यसका लागि लोकतन्त्रको सुदृढीकरण, सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा राख्नुपर्ने बताए । 

राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनको प्रतिफल गरिब, पिछडिएका र आर्थिक अवस्था कमजोर भएका वर्गको अधिकतम हित हुने गरी उनीहरूको घरदैलोमा पुर्‍याउन सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेट तर्जुमामा विशेष ध्यान दिनुपर्ने उल्लेख गरे  । 

उनले महेन्द्र नारायण निधिजस्ता नेताहरूको लोकतन्त्रप्रतिको निरन्तर संघर्ष, त्याग र निष्ठाले नै आज हामी मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको बताए । 

राष्ट्रपति पौडेलले  निधिजीका आदर्श राजनीति, सिद्धान्तप्रतिको निष्ठा तथा सादगी जीवन शैली प्रेरणादायी भएको बताउँदै पाँच दशक अहिंसा, शान्ति, लोकतन्त्र र सर्वसाधारण नागरिकसँग रहेर समुदायबीच सद्भाव तथा सामाजिक न्यायका पक्षमा निधिले गरेको काम हामी सबैका लागि सधैँ प्रेरणाको स्रोतका रूपमा रहिरहने स्पष्ट पारे । 

कार्यक्रममा लोकतान्त्रिक आन्दोलनमा आफूलाई सधैँ समर्पित गर्ने नरेन्द्र प्रसाद मिश्र र शर्मा शाहीलाई पुरस्कृत गरिएको थियो ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ५ : २५ बजे

ऊर्जा केन्द्रमा रुस–युक्रेनको आक्रमण तीव्र, ट्रम्पका दूतसँग जेलेन्स्कीको वार्ता

एजेन्सी– रुस र युक्रेनले एकअर्काका ऊर्जा पूर्वाधारमा आक्रमण तीव्र पारिरहेका

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया– घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ र

भारत छाड्ने सरकारी आदेशविरुद्ध अदालत पुगे इमरान खान, ओसीआई कार्ड पनि रद्द हुन सक्ने

काठमाडौँ – बलिउड अभिनेता आमिर खानका भान्जा तथा अभिनेता इमरान खान

टाइगर श्राफमाथि गोली प्रहारपछि भाग्दै थिए नेपालतर्फ ? कोटा रेलवे स्टेसनबाट तीन जना पक्राउ

काठमाडौँ – बलिउड अभिनेता टाइगर श्राफको कारमाथि गोली प्रहार गरेको

नवरात्रको नवौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको नवौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित