रौतहट प्रहरीद्वारा १२ वटा चोरीका मोटरसाइकल बरामद « Khabarhub

रौतहट प्रहरीद्वारा १२ वटा चोरीका मोटरसाइकल बरामद


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले १२ दिनमा चोरीको १२ मोटरसाइकल बरामद गरेका छन्।

जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा प्रहरीले जिल्लाको विभिन्न स्थानमा राखेको चेक प्वाइन्टबाट चोरीका मोटरसाइकल बरामद गरेको हो।

फागुन १ गतेदेखि हिजो सोमबार १२ गतेसम्म जिल्लाको विभिन्न स्थानबाट  कागजात नभएको विभिन्न कम्पनीको १२ मोटरसाइकल बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायले बताए।

कागजात नभएका १२ वटा मोटरसाइकलको कुल ९ लाख ६० हजार मूल्यांकन गरी  मंगलबार गौर भन्सार कार्यालयमा बुझाएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।

एसपी घिमिरेको निर्देशनमा रौतहटस्थित प्रहरीले चोरीको कागजपत्र नभएको मोटरसाइकल नियन्त्रण गर्ने अभियान नै सञ्चालन गरेको छ।

अभियान अन्तर्गत प्रहरीले दर्जनौँ मोटरसाइकल बरामद गरी यसअघि भन्सारमा बुझाएको छ।

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ६ : ०० बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद