आम चुनावभन्दा पहिला अधिवेशन गराउनुपर्छ : शशांक कोइराला « Khabarhub

आम चुनावभन्दा पहिला अधिवेशन गराउनुपर्छ : शशांक कोइराला


१३ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

जनकपुर– नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले २०८४ को आम निर्वाचन भन्दा २ वर्ष अगाडि महाधिवेशन गराउन नसकेमा चुनावपछि महाधिवेशन गराउनुपर्ने बताएका छन्। 

नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिले आयोजना गरेको महेन्द्रनारायण निधिको स्मृति दिवस कार्यक्रममा बोल्दै डा. कोइरालाले चुनावको मुखमा महाधिवेशन गराउँदा कांग्रेसलाई घाटा हुने बताए। 

उनले भने–‘आम चुनावभन्दा पहिला अधिवेशन गराएको राम्रो हो । चुनावको मुखमा अधिवेशन गराउँदा तिक्तता बाँकी हुने भएकाले घाटा हुन्छ । २०८२ सालमा गराउन नसक्ने हो भने महाधिवेशन २०८४ को चुनाव पछि हुनुपर्छ । चुनावको मुखमा अधिवेशन गराउन हुँदैन ।’ 

डा कोइरालाले कांग्रेसमा देखिएको ग्रुपिजम महाधिवेशनमा मात्र सीमित राख्नुपर्ने बताए। उनले महाअधिवेशनसंग ग्रुपिजम पनि समाप्त हुनुपर्नेमा जोड दिए। 

कोइरालाले भने –‘पहिला देखि ग्रुपिजम थियो । यो गिरिजाप्रसादको ग्रुप यो किसुनजीको यो कोइरालाको यो देउवा, रामचन्द्रको हुँदा हुँदा प्रकाशमानको ग्रुप अहिले शशांकको पनि भन्न थालेका छन् । यो गर्न हुँदैन ।’ 

पूर्वमहामन्त्री कोइरालाले नेपाली कांग्रेस सवैभन्दा गतिशिल र चलायमान पार्टी भएको बताउँदै अहिले मुलुकमा भएको सबै विकास कांग्रेसका कारण भएको दाबी गरे। कोइरालाले कांग्रेसले आफूले गरेका काम जनतालाई भन्न सकेका नसकेको भन्दै अब कांग्रेसले ५ वर्षको यो १० वर्षको सोच हो भनेर जनतालाई भन्नुपर्ने बताए।

 उनले भने–‘अहिले सवैका हात हातमा मोबाइल छ यसमा कांग्रेसको योगदान हो । एउटा मेडिकल कलेज थियो । अहिले २० वटा  पुगे । १ विश्वविद्यालय थियो आज २० वटा पुगे । मोटर बाटोको अवस्था हेर्नुस् हिजो ७ हजार किलोमिटर थियो । आज २ लाख किलोमिटर पुग्यो ।’

कोइरालाले कांग्रेसले युवालाई आकर्षण गराउने खालका काम गर्नुपर्नेमा जोड दिँदै ६० प्रतिशत जनसङ्ख्या ४० वर्ष मुनिका युवाहरू मध्ये कांग्रेसको केन्द्रीय समितिमा १ जना युवा पनि नभएको गुनासो गरे। 

कोइरालाले सुशासन दिएर जनताको काम छिटो छरितो ढंगले हुने संरचना बनाएर युवाहरूमा आशा भर्नुपर्ने बताए। 

उनले–‘सरकारमा गएपछि, मन्त्री बनेपछि युवालाई आशा जगाउने काम गर्न सक्नुपर्छ । हाम्रो १७ लाख हेक्टर खेतीयोग्य जमिन छ । यो खेतीले ३० करोड जनतालाई खुवाउन सक्छ । तर आज खेत बाझो छ । युवा पलायन छन् । योजना आयोग छ योजना आयोगको काम नै छैन् ।’

प्रकाशित मिति : १३ फाल्गुन २०८१, मंगलबार  ८ : ०५ बजे

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट

कटुवा पेस्तोल र एकनाले भरूवा बन्दुक बरामद

काठमाडौं – प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–७ कर्णालीपुर जाने बाटो छेउबाट