पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियूको प्यानल विजयी « Khabarhub

पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियूको प्यानल विजयी


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखराको पृथ्वीनारायण (पृना) क्याम्पसमा अनेरास्ववियूले आफ्नो ऐतिहासिक विरासत कायम राख्दै सम्पूर्ण प्यानलसहित विजय हासिल गरेको छ ।

यस निर्वाचनमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ, समाजवादी मोर्चा, तथा स्वतन्त्र उम्मेदवारहरूले अनेरास्ववियूको प्रभाव भत्काउने प्रयास गरेका थिए । तर, ती सबै चुनौतीहरू पार गर्दै विष्णु पोखरेल नेतृत्वको अनेरास्ववियू प्यानलले विजय हासिल गरेको हो ।

अध्यक्ष पदमा विष्णु पोखरेलले १,१०५ मत प्राप्त गरी दोब्बरभन्दा बढी मतान्तरसहित जित हासिल गरेका छन् । उनका प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका सुशील न्यौपानेले ५०३ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपानेले ४६९ मत ल्याइन् भने माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीका नवीन अधिकारीले २२३ मत पाए । समाजवादी मोर्चाका सन्तोष पौडेलले १९६ मत ल्याए ।

सचिव पदमा विराज दुवाडीले १,४१३ मत ल्याई लोकप्रिय मतसहित विजयी भए । उनका प्रतिस्पर्धी नेविसंघका विवेक भट्टराईले ६२८ मत प्राप्त गरे । कोषाध्यक्षमा अनेरास्ववियूकी सन्दिका गुरुङ १,३०४ मतसहित विजयी भइन् ।

९ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको भनिएको पीएन क्याम्पसमा ७,४०० विद्यार्थीले परिचय पत्र लगेका थिए, तर कुल २,८९७ मत मात्र खसेको थियो । कुल मतदातामध्ये ३९.१२ प्रतिशत मात्र मतदानमा सहभागी भएका थिए, जुन क्याम्पसको इतिहासमै सबैभन्दा कम मत प्रतिशत हो ।

पृथ्वीनारायण क्याम्पसलाई विद्यार्थी नेताहरू उत्पादन गर्ने संस्थाका रूपमा लिइन्छ । यहाँका पूर्वस्ववियु सभापतिहरू विभिन्न उच्च पदहरूमा पुगिसकेका छन् । पूर्वप्रदेश प्रमुख सोमनाथ प्यासी, पूर्वमुख्यमन्त्री खगराज अधिकारी, स्वर्गीय पूर्वमन्त्री रवीन्द्र अधिकारी, पोखराका मेयर धनराज आचार्य, राजनीतिक विश्लेषक झलक सुवेदी, पूर्व मन्त्री पदम गिरी लगायतले यही क्याम्पसबाट नेतृत्व गरेका थिए ।

स्ववियु सभापति बनेका विष्णु पोखरेल यसअघि पनि उम्मेदवार रहेका थिए, तर विवादका कारण निर्वाचन हुन सकेको थिएन । उनले आफ्नो विजयलाई विद्यार्थीहरूका लागि समर्पित गर्दै, स्ववियुलाई सबै विद्यार्थीहरूको साझा संस्था बनाउने प्रतिबद्धता जनाएका छन् ।

१६ वर्षअघि भएको चुनावमा अनेरास्ववियूकै रश्मि आचार्य सभापतिमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ११ : ४६ बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा