पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियूको प्यानल विजयी « Khabarhub

पृथ्वीनारायण क्याम्पसमा अनेरास्ववियूको प्यानल विजयी


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


393
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखराको पृथ्वीनारायण (पृना) क्याम्पसमा अनेरास्ववियूले आफ्नो ऐतिहासिक विरासत कायम राख्दै सम्पूर्ण प्यानलसहित विजय हासिल गरेको छ ।

यस निर्वाचनमा कांग्रेस निकट नेपाल विद्यार्थी संघ, समाजवादी मोर्चा, तथा स्वतन्त्र उम्मेदवारहरूले अनेरास्ववियूको प्रभाव भत्काउने प्रयास गरेका थिए । तर, ती सबै चुनौतीहरू पार गर्दै विष्णु पोखरेल नेतृत्वको अनेरास्ववियू प्यानलले विजय हासिल गरेको हो ।

अध्यक्ष पदमा विष्णु पोखरेलले १,१०५ मत प्राप्त गरी दोब्बरभन्दा बढी मतान्तरसहित जित हासिल गरेका छन् । उनका प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका सुशील न्यौपानेले ५०३ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपानेले ४६९ मत ल्याइन् भने माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीका नवीन अधिकारीले २२३ मत पाए । समाजवादी मोर्चाका सन्तोष पौडेलले १९६ मत ल्याए ।

सचिव पदमा विराज दुवाडीले १,४१३ मत ल्याई लोकप्रिय मतसहित विजयी भए । उनका प्रतिस्पर्धी नेविसंघका विवेक भट्टराईले ६२८ मत प्राप्त गरे । कोषाध्यक्षमा अनेरास्ववियूकी सन्दिका गुरुङ १,३०४ मतसहित विजयी भइन् ।

९ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको भनिएको पीएन क्याम्पसमा ७,४०० विद्यार्थीले परिचय पत्र लगेका थिए, तर कुल २,८९७ मत मात्र खसेको थियो । कुल मतदातामध्ये ३९.१२ प्रतिशत मात्र मतदानमा सहभागी भएका थिए, जुन क्याम्पसको इतिहासमै सबैभन्दा कम मत प्रतिशत हो ।

पृथ्वीनारायण क्याम्पसलाई विद्यार्थी नेताहरू उत्पादन गर्ने संस्थाका रूपमा लिइन्छ । यहाँका पूर्वस्ववियु सभापतिहरू विभिन्न उच्च पदहरूमा पुगिसकेका छन् । पूर्वप्रदेश प्रमुख सोमनाथ प्यासी, पूर्वमुख्यमन्त्री खगराज अधिकारी, स्वर्गीय पूर्वमन्त्री रवीन्द्र अधिकारी, पोखराका मेयर धनराज आचार्य, राजनीतिक विश्लेषक झलक सुवेदी, पूर्व मन्त्री पदम गिरी लगायतले यही क्याम्पसबाट नेतृत्व गरेका थिए ।

स्ववियु सभापति बनेका विष्णु पोखरेल यसअघि पनि उम्मेदवार रहेका थिए, तर विवादका कारण निर्वाचन हुन सकेको थिएन । उनले आफ्नो विजयलाई विद्यार्थीहरूका लागि समर्पित गर्दै, स्ववियुलाई सबै विद्यार्थीहरूको साझा संस्था बनाउने प्रतिबद्धता जनाएका छन् ।

१६ वर्षअघि भएको चुनावमा अनेरास्ववियूकै रश्मि आचार्य सभापतिमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ११ : ४६ बजे

जेन-जी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ऐतिहासिक

राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा