साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन | Khabarhub Khabarhub

साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

आइतबार राति १ बजेदेखि लागेको आगो अझै पनि नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी चक्र बहादुर शाहले जानकारी दिए । अहिले पनि आगो नियन्त्रणको प्रयास भइरहेको डीएसपी शाहले जानकारी दिए ।

आगो नियन्त्रणका लागि दाङ लगायत बाँके , बर्दिया , कपिलवस्तु र रूपन्देहीबाट दमकल ल्याइएको भएपनि  आगो नियन्त्रणमा सकस भइरहेको उनको भनाइ छ । अहिले ८ वटा दमकले आगो निभाइरहेका छन् ।

उद्योगमा काठ र अरू कच्चा पदार्थ, प्लाई बनाउन प्रयोग हुने धेरै सामग्री भएकाले आगो नियन्त्रणमा आउन नसकेको डीएसपी शाहले जानकारी दिए।

आगलागीबाट करोडौँको क्षति भएको अनुमान गरिएको छ । यद्यपि अझै क्षतिको विवरण आउन सकेको छैन । आगलागीको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।

आगो निभाउन ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, नगर प्रहरी, तथा स्थानीयवासी खटिएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  १२ : ०१ बजे

बेलायती राजकुमार ह्यारी आकस्मिक युक्रेन भ्रमणमा

लन्डन – बेलायती राजकुमार ह्यारी शुक्रबार घाइते सैनिक सदस्यहरूको समर्थनका

भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए

चितवन– कारागार कार्यालय भरतपुरबाट भागेका कैदीबन्दी फर्कने क्रम जारी छ

विराटनगर-रानी नाकामा आवतजावतमा कडाइ

काठमाडौं– विराटनगर–रानी नाकामा सर्वसाधारणलाई आवतजावतमा कडाइ गरिएको छ ।   नाकामा

प्रशासनको सक्रियताले कैदीबन्दी भाग्न पाएनन्

वीरगञ्ज– स्थानीय प्रशासन र सुरक्षा निकायको सक्रियताको कारणले वीरगञ्ज कारागारमा रहेका

यातायात र सडक विभाग भवनको आगो निभाइँदै

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका सडक विभाग र यातायात विभागको