साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन « Khabarhub

साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आएन


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दाङको घोराही उपमहानगरपालिका–९ खैरामा रहेको साङ्ग्रिला प्लाई उद्योगमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

आइतबार राति १ बजेदेखि लागेको आगो अझै पनि नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी चक्र बहादुर शाहले जानकारी दिए । अहिले पनि आगो नियन्त्रणको प्रयास भइरहेको डीएसपी शाहले जानकारी दिए ।

आगो नियन्त्रणका लागि दाङ लगायत बाँके , बर्दिया , कपिलवस्तु र रूपन्देहीबाट दमकल ल्याइएको भएपनि  आगो नियन्त्रणमा सकस भइरहेको उनको भनाइ छ । अहिले ८ वटा दमकले आगो निभाइरहेका छन् ।

उद्योगमा काठ र अरू कच्चा पदार्थ, प्लाई बनाउन प्रयोग हुने धेरै सामग्री भएकाले आगो नियन्त्रणमा आउन नसकेको डीएसपी शाहले जानकारी दिए।

आगलागीबाट करोडौँको क्षति भएको अनुमान गरिएको छ । यद्यपि अझै क्षतिको विवरण आउन सकेको छैन । आगलागीको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ ।

आगो निभाउन ठूलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, नगर प्रहरी, तथा स्थानीयवासी खटिएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  १२ : ०१ बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा