सन्तोषी महत मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहन अभियोगमा दुई जना पुर्पक्षका लागि थुनामा « Khabarhub

सन्तोषी महत मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहन अभियोगमा दुई जना पुर्पक्षका लागि थुनामा


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

पोखरा– सशस्त्र प्रहरीको हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय, लामापाटन पोखरामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक सन्तोषी महतको मृत्यु प्रकरणमा सशस्त्र प्रहरीकै दुई जना पुर्पक्षका लागि थुनामा परेका छन् । आत्महत्या दुरुत्साहनको आरोपमा सशस्त्र प्रहरी निरीक्षक विवेक जोशी र हबल्दार रेशमबहादुर शाहीलाई थुनामा पठाइएको हो ।

कास्की जिल्ला अदालतका न्यायाधीश भोलानाथ ढकालको इजलासले सोमबार उक्त आदेश जारी गरेको हो । महत गत फागुन १० गते राति तालिम शिक्षालयको परिसरमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । उनको मृत्यु शंकास्पद रहेको भन्दै परिवारले फागुन ११ गते नै जिल्ला प्रहरी कार्यालय, कास्कीमा किटानी जाहेरी दिएका थिए । जाहेरीपछि निरीक्षक जोशी पक्राउ परेका थिए भने अनुसन्धानकै क्रममा चैत ६ गते हबल्दार शाहीलाई पनि नियन्त्रणमा लिइएको थियो ।

महत र जोशीबीच प्रेम सम्बन्ध रहेको कुरा परिवारले जनाएको छ । घटनाबारे अनुसन्धान सकेर प्रहरीले चैत ८ गते जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीमा प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालयले मुलुकी अपराध संहिताको दफा १८५ बमोजिम मागदाबी गर्दै चैत ९ गते अदालतमा अभियोगपत्र दर्ता गराएको थियो । सोही आधारमा सोमबार अदालतले उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

मुलुकी अपराध संहिताअनुसार आत्महत्या गर्न दुरुत्साहन दिने कार्यमा संलग्न व्यक्तिलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

यस घटनाको अनुसन्धानका लागि सशस्त्र प्रहरी बल प्रधान कार्यालयले डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा विशेष छानबिन समिति गठन गरेको छ । महतले २०७२ सालमा सशस्त्र प्रहरी सेवामा सिपाहीका रूपमा प्रवेश गरेकी थिइन् । २०७८ मा असईमा पदोन्नति भएकी महतले यही वर्ष निरीक्षक पदमा उतिर्ण भई पोखरामा तालिम गरिरहेकी थिइन् ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  १२ : ४३ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार