मधेस प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित « Khabarhub

मधेस प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशसभाको बैठक विपक्ष र सत्तापक्षबीच सहमति नजुटेपछि अनिश्चितकालका लागि स्थगित भएको छ । मंगलबार बिहान ११ बजे बस्ने भनिएको बैठक सहमति जुट्न नसकेपछि अनिश्चितकालका लागि स्थगित गरिएको हो । 

प्रदेश सभा बैठक स्थगित गर्नुको मुख्य कारण विपक्षी दल माओवादी केन्द्र र अन्य दलहरूले प्रदेश सरकारमाथि उठाएको अनियमितता र सशर्त अनुदानको विषयमा प्राविधिक त्रुटिहरूको छानबिनको माग गरेपछि भएको हो । माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साहले प्रदेशसभामा उठाइएका विषयहरूमा निष्पक्ष छानबिन हुनुपर्ने भन्दै सत्तापक्ष र विपक्षीबीचको छलफल बिना निष्कर्ष टुंगिएको बताए ।

विपक्षी दलहरूले प्रदेश सरकारमाथि लगाएका अनियमिततासम्बन्धी आरोपको छानबिनका लागि समितिको गठनको माग गरेका थिए । साहले सत्तापक्ष र कांग्रेसले अनियमितता आरोपबाट पन्छिने प्रयास गरेको आरोप लगाउँदै छानबिनको मागलाई निरन्तरता दिएका छन् । छलफलमा विपक्षीको प्रमुख माग नै निष्पक्ष छानबिन समिति गठन गर्नु हो । तर, यो विषयमा सत्तापक्षले जवाफ दिन नसकेको साहले बताए । 

सत्तापक्षका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले बैठकमा सकारात्मक छलफल भए पनि निष्कर्षमा पुग्न नसकिएको जानकारी दिए । उनले विपक्षीले उठाएको मुद्दामा सम्बन्धित मन्त्रीहरूले जवाफ दिनु आवश्यक रहेको र त्यसपछि मात्रै छानबिन समिति गठन गर्नुपर्ने धारणा राखे ।

मुख्यमन्त्री सतिशकुमार सिंहले पनि संसद्‌मा पहिला विपक्षीहरूले लगाएको आरोपको जवाफ दिने अवसर दिनुपर्ने र त्यसपछि मात्र छानबिन समिति गठन गर्न आफूहरू तयार रहेको बताए । विपक्षीले सशर्त अनुदान, कूटनीतिक मर्यादा उल्लंघनलगायतका विषयमा उठाएको प्रश्नको जवाफ बिना नै बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  १ : ३२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार