पीएम कप : पुलिस क्लबले दियो कर्णालीलाई १४८ रनको लक्ष्य « Khabarhub

पीएम कप : पुलिस क्लबले दियो कर्णालीलाई १४८ रनको लक्ष्य


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

घोराही– दाङको लमहीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले कर्णाली प्रदेश टिमलाई १४८ रनको विजयी लक्ष्य दिएको छ ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिस क्लबले ४८ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनायो । पुलिसका लागि अर्जुन साउदले सर्वाधिक ३६ रन जोडे । उनले ६० बल खेल्दै ४ चौका र १ छक्का हाने । यस्तै दिलीप नाथले ५९ बलमा २ चौकासहित ३४ रन बनाए ।

यसैगरी पुलिसका लागि सागर ढकालले अविजित  २२ रन, अमित श्रेष्ठ ७, गुल्सन झाले ८, ललितनारायण राजवंशीले ७, करण केसीले ६ तथा श्रवण यादवले ११ रन बनाए । बलिङतर्फ कर्णालीका लागि अर्जुन चनाराले ४, कप्तान दिवान पुनले ३ तथा दिनेश अधिकारी, दिपेन्द्र रावत र सुनील धमलाले एक एक विकेट लिए ।

दाङमा पहिलो पटक आयोजना भएको प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा अपराजित रहँदै  पुलिस क्लब अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।    कर्णाली प्रदेश पाँचौँ स्थानमा छ । 

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  १ : ४२ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि