छत्तीसगढमा माओवादी र भारतीय प्रहरीबीच रक्तपातपूर्ण लडाइँ जारी « Khabarhub

छत्तीसगढमा माओवादी र भारतीय प्रहरीबीच रक्तपातपूर्ण लडाइँ जारी


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


987
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारत छत्तीसगढको बीजापुर र दन्तेवाडा सीमा क्षेत्रमा विद्रोही माओवादी र प्रहरीबीच रक्तपातपूर्ण लडाइँ भइरहेको छ । बीजापुर र दन्तेवाडा माओवादी विद्रोह प्रभावित क्षेत्र हो ।

पछिल्लो भीडन्तमा भारतीय माओवादीका एक शीर्ष नेता मारिएका त्यहाँको प्रहरीले दाबी गरेको छ । उनीसहित तीन विद्रोही मारिएका भनिए पनि प्रहरीले नाम सार्वजनिक गरिसकेको छैन ।

दन्तेवाडा जिल्लाका पुलिस अधीक्षक गौरव रायले बीबीसी हिन्दीलाई बताएअनुसार; मारिएका विद्रोहीको साथबाट बरामद गरिएको हतियार हेर्दा ती व्यक्ति माओवादीका ठूला नेता हुन सक्छन्‌ ।

प्रहरीले मुडभेड समाप्त भएको, तर खोजी अभियान जारी रहेको जनाएको छ । मारिएका माओवादी विद्रोहीहरूको पहिचान प्रयास भइरहेको पनि उल्लेख गरेको छ ।

पछिल्लो नक्सल अपरेशनमा दन्तेवाडाको डिस्ट्रिक्ट रिजर्व गार्डका जवान सहभागी छन्‌ । बस्तर इलाकामा पाँच दिन अघिमात्रै माओवादी सशस्त्र सङ्घर्षमा लागेका ३० विद्रोही मारिएको प्रहरी दाबी गरेको थियो । तर, भारतीय प्रहरीले विद्रोही प्रभावित क्षेत्रमा निहत्था नागरिकलाई नियन्त्रणमा लिएर हत्या गर्ने र विद्रोही करार गर्ने गरेको आरोप खेपिरहेको छ ।

भारतीय संस्थापनसँग निकट मिडियाहरूका अनुसार पछिल्लो वर्षयता छत्तीसगढमा प्रहरी कारबाहीमा १२५ भन्दा बढी माओवादी विद्रोहीको ज्यान गइरहेको छ । नक्सलवादी-माओवादी विद्रोह भारत सरकार र वामपन्थी सशस्त्र विद्रोही समूहबीच चलिरहेको लामो सङ्घर्ष हो । भारतमा यो सङ्घर्ष सन्‌ १९६७ देखि जारी छ ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  २ : २० बजे

काभा च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

काठमाडौँ– पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्यम्पियनसिपमा

भानुभक्तको सालिक तोडफोड गरेको आरोपमा एक व्यक्ति पक्राउ

काठमाडौँ– लमजुङमा भानुभक्त आचार्यको सालिक तोडफोड गर्ने एक व्यक्तिलाई प्रहरीले

विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

काँकडभिट्टा–लौकही सडक धमाधम विस्तार गरिँदै

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– वर्षापछिको बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग