छत्तीसगढमा माओवादी र भारतीय प्रहरीबीच रक्तपातपूर्ण लडाइँ जारी « Khabarhub

छत्तीसगढमा माओवादी र भारतीय प्रहरीबीच रक्तपातपूर्ण लडाइँ जारी


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


987
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – भारत छत्तीसगढको बीजापुर र दन्तेवाडा सीमा क्षेत्रमा विद्रोही माओवादी र प्रहरीबीच रक्तपातपूर्ण लडाइँ भइरहेको छ । बीजापुर र दन्तेवाडा माओवादी विद्रोह प्रभावित क्षेत्र हो ।

पछिल्लो भीडन्तमा भारतीय माओवादीका एक शीर्ष नेता मारिएका त्यहाँको प्रहरीले दाबी गरेको छ । उनीसहित तीन विद्रोही मारिएका भनिए पनि प्रहरीले नाम सार्वजनिक गरिसकेको छैन ।

दन्तेवाडा जिल्लाका पुलिस अधीक्षक गौरव रायले बीबीसी हिन्दीलाई बताएअनुसार; मारिएका विद्रोहीको साथबाट बरामद गरिएको हतियार हेर्दा ती व्यक्ति माओवादीका ठूला नेता हुन सक्छन्‌ ।

प्रहरीले मुडभेड समाप्त भएको, तर खोजी अभियान जारी रहेको जनाएको छ । मारिएका माओवादी विद्रोहीहरूको पहिचान प्रयास भइरहेको पनि उल्लेख गरेको छ ।

पछिल्लो नक्सल अपरेशनमा दन्तेवाडाको डिस्ट्रिक्ट रिजर्व गार्डका जवान सहभागी छन्‌ । बस्तर इलाकामा पाँच दिन अघिमात्रै माओवादी सशस्त्र सङ्घर्षमा लागेका ३० विद्रोही मारिएको प्रहरी दाबी गरेको थियो । तर, भारतीय प्रहरीले विद्रोही प्रभावित क्षेत्रमा निहत्था नागरिकलाई नियन्त्रणमा लिएर हत्या गर्ने र विद्रोही करार गर्ने गरेको आरोप खेपिरहेको छ ।

भारतीय संस्थापनसँग निकट मिडियाहरूका अनुसार पछिल्लो वर्षयता छत्तीसगढमा प्रहरी कारबाहीमा १२५ भन्दा बढी माओवादी विद्रोहीको ज्यान गइरहेको छ । नक्सलवादी-माओवादी विद्रोह भारत सरकार र वामपन्थी सशस्त्र विद्रोही समूहबीच चलिरहेको लामो सङ्घर्ष हो । भारतमा यो सङ्घर्ष सन्‌ १९६७ देखि जारी छ ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  २ : २० बजे

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक