‘आर्थिक वृद्धि र खाद्य सुरक्षाका लागि पाकिस्तानले कृषि क्षेत्रलाई बलियो बनाउँछ’ « Khabarhub

‘आर्थिक वृद्धि र खाद्य सुरक्षाका लागि पाकिस्तानले कृषि क्षेत्रलाई बलियो बनाउँछ’


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – पाकिस्तानी प्रधानमन्त्री सेहबाज शरीफले आफ्नो देशले आर्थिक वृद्धि बढाउन, खाद्य सुरक्षा सुनिश्चित गर्न र बहुमूल्य विदेशी मुद्रा आर्जन गर्न कृषि क्षेत्रको प्रगतिमा बढी ध्यान दिने बताएका छन् ।

‘पाकिस्तानले देशको अर्थतन्त्रमा कृषिको हिस्सा बढाउनु पर्छ, किनकि हाम्रो जनसङ्ख्याको लगभग ६५ प्रतिशत प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिसँग सम्बन्धित छ,’ प्रधानमन्त्रीले एक कार्यक्रममा भने।

उनले गुणस्तरीय बीउ, मल र औषधि समयमै उपलब्ध भएमा कृषि क्षेत्रमा क्रान्ति आउने र निर्यातमा वृद्धि हुने बताए। सरकारले कम्बाइन हार्भेस्टरलगायत कृषि मेसिनरी स्थानीय उत्पादनका लागि पहल गरिरहेको उल्लेख गरे।

कृषि क्षेत्रलाई बलियो बनाउन विभिन्न उपायहरू प्रकाश पार्दै शरीफले केन्द्रको सहयोगमा यस क्षेत्रको थप विकास गर्न प्रान्तीय सरकार, किसान, अनुसन्धानकर्ता र वैज्ञानिक लगायत सबै सरोकारवालाहरूले हात मिलाउनुपर्ने बताए।

उनले पाम तेल आयातमा पाकिस्तानले बहुमूल्य विदेशी मुद्रा सञ्चिति बर्बाद गरिरहेको र स्थानीय उत्पादन बढाएर यो प्रवृत्तिलाई उल्टाउन आवश्यक रहेको बताए।

‘देशको विकासम मिलेर काम गर्नुपर्छ । हाम्रो कृषि क्षेत्रको रूपान्तरण गर्न कडा मिहिनेत गर्नेछौँ ।’
 

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ६ : २४ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको