अर्थसंक्षेप : राजनीतिमा हावा चल्दा शेयर बजारमा सुनामी, बीमा कम्पनीको आम्दानी बढ्यो र भोजपुरमा उडान सुरु | Khabarhub Khabarhub

अर्थसंक्षेप : राजनीतिमा हावा चल्दा शेयर बजारमा सुनामी, बीमा कम्पनीको आम्दानी बढ्यो र भोजपुरमा उडान सुरु


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ हटाउँदाको प्रभाव शेयर बजारमा परेको छ । बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको फागुन मसान्तसम्म गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आम्दानी वृद्धि गरेका छन् ।

ईप्पानले आगामी बजेटका लागि अर्थ मन्त्रालयलाई २४ वटा सुझाव दिएको छ । भारतले नेपालमा उत्पादित प्लाइउडलाई नाकामा रोकेको छ ।

आजका आर्थिक समाचार

राजनीतिमा हावा चल्दा शेयर बजारमा सुनामी

गत असार २९ गते नेकपा (एमाले)ले माओवादी केन्द्रसँगको सत्ता गठबन्धन तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारी गर्‍यो ।

देशका दुई ठूला पार्टी मिलेर सरकार बनाएसँगै उपप्रधान तथा अर्थमन्त्रीको रूपमा एमालेकै उपाध्यक्ष विष्णुप्रसाद पौडेल आए ।

सत्ता गठबन्धन परिवर्तनको चर्चासँगै बढ्न थालेको शेयर बजार अर्थमा पौडेलको आगमनसँगै रकेट गतिमा उडेर शिखरमा पुग्यो ।

१० प्रतिशतले बढ्यो बीमा शुल्क आम्दानी, बीमालेख सङ्ख्यामा पनि वृद्धि

बीमा कम्पनीहरूले बीमा शुल्क आम्दानीमा वृद्धि गरेका छन् । अघिल्लो आर्थिक वर्ष (आव)को फागुन महिनासम्मको तुलनामा चालु आवको सोही अवधिमा सञ्चालनमा रहेका बीमा कम्पनीहरूको बीमा शुल्क आम्दानीमा १०.५६ प्रतिशतले वृद्धि भएको हो ।

बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको फागुन मसान्तसम्म जीवन बीमा कम्पनीहरूले १ खर्ब ९ अर्ब ४३ करोड ५३ लाख ७८ हजार रुपैयाँ बीमा शुल्क आम्दानी गरेका छन् । जबकी जीवन बीमा कम्पनीहरूले अघिल्लो आवको सोही अवधिमा यस्तो आम्दानी ९८ अर्ब ५९ करोड ६ लाख ६१ हजार रुपैयाँ मात्रै गरेका थिए । अघिल्लो आवको फागुन मसान्तसम्मको तुलनामा चालु आवको सोही अवधिमा जीवन बीमा कम्पनीहरूले ११ प्रतिशत बढी आम्दानी गरेका हुन् ।

ईप्पानका २४ सुझाव : विद्युत उत्पादनमा कर छुटदेखि सस्तो ब्याजदरमा कर्जासम्म

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (ईप्पान)ले आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व, कर तथा नीतिगत व्यवस्थाका लागि २४ बुँदे सुझाव दिएको छ । अर्थ मन्त्रालय अन्तर्गतको राजस्व परामर्श समितिलाई ईप्पानले सुझावपत्र बुझाएको हो ।

विद्युत उत्पादन २८ हजार ५०० मेगावाट नपुगेसम्म ऊर्जा आयोजनाहरूलाई १५ वर्षसम्म कर छुट दिनुपर्ने र मेसिनरी उपकरण आयातमा एक प्रतिशत मात्रै भन्सार लिन ईप्पानले सरकारलाई सुझाएको छ ।

फेरि शेयर बजारमा पहिरो, ५६ अंकले घट्यो नेप्से

मंगलबार शेयर बजारमा फेरि पहिरो गएको छ । सोमबार २६ अंकले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज ५६ अंकले घटेको हो ।

आज नेप्से २.११ अंकले घटेर २५८४.८८ विन्दु परिसूचक आएको छ । नेप्से घटेपनि कारोबार भने सोमबारको तुलनामा बढेको छ । आज ५ अर्ब १८ करोड ७ लाख १९ हजार रुपैयाँ बराबरको १ करोड ११ लाख ५५ हजार ९५५ कित्ता शेयर कारोबार भएको छ ।

आईएमई ग्रुप र आईएक्सआई कर्पको लगानीमा काठमाडौं टेक्निकल स्कुल सञ्चालन

आइएमई ग्रुप र आइएक्सआइ कर्पले संयुक्त रुपमा काठमाडौँ टेक्निकल स्कुल (केटिएस) सञ्चालनमा ल्याएका छन् । रोजगार बजारमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले उक्त स्कुल सञ्चालन गरिएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले धुम्बाराहीमा आज आयोजित एक समारोहबीच सो स्कुलको शुभारम्भ गरे। सो अवसरमा उनले सीप, रोजगारी, उद्यमशीलता र पुँजीको संयोजनले मात्र बेरोजगारी तथा गरिबीको समस्या समाधान गर्नसकिने भएकाले सरकारले निजी क्षेत्रसँगको साझेदारीलाई प्राथमिकतामा राखेको बताए।

पूर्वी नाकाबाट प्लाइउड निर्यात ठप्प

भारतले नेपालमा उत्पादित प्लाइउडलाई नाकामा रोकेको छ । प्लाइउड बोकेका ३४ वटा ट्रकलाई भारतस्थित पानीट्यांकी स्थल भन्सार कार्यालय रानीगञ्जले रोकेको मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष खेम प्रसाईंले बताए।

ती ट्रकहरु दुई साताअघि काँकडभिट्टा नाकाबाट भारत गएका थिए । भारतीय भन्सार कार्यालयले ब्युरो अफ इन्डियन सर्टिफिकेट (बीआइएस) नभएको भनी नेपाली सामानलाई रोकेको प्रसाईंले जानकारी दिए ।

आठ महिनामा एक अर्ब ९८ करोड राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको आठ महिनामा एक अर्ब ९८ करोड ९४ लाख ६८ हजार राजस्व संकलन गरेको छ । उक्त रकम गत आव २०८०-०८१ को सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी हो ।

कार्यालयको तथ्यांकअनुसार गत आव २०८०-०८१ को सोही अवधिमा रु एक अर्ब ८४ करोड १७ लाख १५ हजार राजस्व संकलन भएको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिए । आन्तरिक राजस्व कार्यालयले चालु आवमा चार अर्ब ६१ लाख राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।

तीन महिनापछि भोजपुरमा उडान सुरु

बन्द भएको तीन महिनापछि भोजपुर नगरपालिका–१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको छ ।

गत पुसबाट बन्द विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले आजदेखि उडान सुरु गरेको नेपाल वायुसेवा निगम भोजपुरका स्टेसन प्रमुख प्रकाश खड्काले जानकारी दिए। उनका अनुसार भोजपुरमा अब नयाँ तालिका अनुसार उडान हुनेछ ।

हेटौँडा सिमेन्ट उद्योगको पुनःउत्पादन चैतको तेस्रो सातादेखि

लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले यही चैतको तेस्रो सातादेखि पुनःउत्पादन सुरु गर्ने भएको छ ।

उद्योगका मेसिनको मर्मत सम्भार सकिएको, उद्योगका लागि तत्काल चाहिने कच्चा पदार्थ सुनिश्चितता र कर्मचारी काम गर्न सहमत भएपछि उत्पादन सुरु गर्ने तयारी भइरहेको हेटौँडा सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक इन्जिनियर नविनकुमार कर्णले बताए।

दैनिक दुई सय लिटर दूध बेचेर किसान पुरस्कृत

यहाँको व्यास नगरपालिका–१३ बेलबासका लेखनाथ बाँस्तोला धेरै दूध उत्पादन गरेबापत पुरस्कृत भएका छन् । उनले प्रोत्साहन स्वरुप एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका हुन् । गण्डकी प्रदेशको ‘उत्पादनमा आधारित अनुदान कार्यक्रम’अन्तर्गत पुरस्कार प्राप्त गरेपछि उनले गौरवान्वित महसुस गरेको प्रतिक्रिया दिए ।

पाँच वर्ष अघिदेखि कृषि पेशामा लागेका बाँस्तोलाले यातायात व्यवसाय छाडेर व्यावसायिक रूपमा गाईपालन तथा बाख्रापालन गरेका छन् । उनले कोभिड १९ का बेला लामो समयसम्म बन्दाबन्दी (लकडाउन) भएपछि गाउँ फर्किएर पशुपालन सुरु गरेका थिए ।

वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात

वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको आठ महिनामा ५३ अर्ब २६ करोड मूल्य बराबरका सामान निर्यात भएका छन्। गत आवको सोही अवधिको तुलनामा यो एक सय ७२ दशमलव ०१ प्रतिशतले बढी हो।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार चालु आवमा भटमासको तेल निर्यात बढेको छ। बितेका आठ महिनामा २८ अर्ब १९ करोड मूल्य बराबरको १३ करोड ४७ लाख १० हजार एक सय ४२ लिटर भटमासको तेल निर्यात भएको हो।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ६ : ४६ बजे

ढुकुटीको भ्वाङ बढाएका अर्थमन्त्री पौडेल तनावमा, खर्च बढाउन सचिव गुहारे

काठमाडौं – संसद्‌का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा

प्राधिकरणबाट घिसिङलाई हटाइएकामा माओवादी केन्द्रको विरोध

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेपाल विद्युत् प्राधिकरणका

कांग्रेसमा विचित्र : नेताजति असहमत, निर्णयकर्ता अदृष्य !

काठमाडौं– सरकारले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई बर्खास्त

कुलमानलाई किन हटाएको ? एमाले नेताका तीनथरी तर्क

काठमाडौं– सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी

हितेन्द्रदेवको तर्क- मैले न्याय पाएँ, अब लोडसेडिङ हुँदैन, चाँडै सकारात्मक नतिजा आउँछ

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले पदभार