‘अभिमन्यु’को नायिकामा गौमाया फाइनल « Khabarhub

‘अभिमन्यु’को नायिकामा गौमाया फाइनल


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली फिल्म इतिहासको सबैभन्दा बढी व्यापार गरेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्माताको नयाँ फिल्म ‘अभिमन्यु’मा नायिका गौमाया गुरुङ अनुबन्ध भएकी छन् ।

यस फिल्ममा अनुबन्ध हुने उनी पहिलो कलाकार हुन् । उनी केन्द्रीय भूमिकाका लागि अनुबन्ध भएको बुझिएको छ ।

उनीबाटै फिल्मका कलाकारको चयनको काम सुरु भएको निर्माता पौडेलले बताए।

उनले भने, ‘कलाकार चयनको काम सुरु भयो । अब अन्य कलाकारहरु पनि सार्वजनिक गर्दै जानेछौं ।’

यसअघि नै फिल्ममा निर्देशकको जिम्मेवारीमा सुशान्त गौतमा फाइनल भएका थिए । उनको यो डेब्यू निर्देशन हो ।

यस फिल्मको छायाङ्न आगामी नयाँ वर्षको सुरुवातबाट हुने बताइएको छ । फिल्मको प्रदर्शन नयाँ मिति भने भदौ २७ लाई तोकिएको छ ।

यसअघि फिल्मको थिम पोस्टर र निर्देशकबारे जानकारी दिइएको थियो । उक्त पोस्टरमा भने फिल्मको प्रदर्शन मिति साउन २४ लाई तोकिएको थियो ।

थिम पोस्टरमा पोस्टरमा च्रकव्यूह र उडिरहेको पैसालाई देख्न सकिन्छ । निर्माण पक्षका अनुसार पोस्टरले पैसाको प्रलोभनमा चक्रव्यूहमा फसेर त्यहाँबाट उम्किन खोज्ने पात्रको कथामा फिल्म निर्माण हुने बताएको छ ।

फिल्मका लेखक मुकेश खनाल हुन् । यो फिल्म हिन्दी र नेपाली भाषामा एक साथ प्रदर्शनमा ल्याउने योजनामा निर्माता पौडेल रहेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ६ : ३९ बजे

गल्ती गर्ने छुट हामीलाई छैन, रूपान्तरणको अभियानमा साथ दिन्छु : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय

भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउन गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं– नवनियुक्त गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीति अपनाउन

मन्त्रिपरिषदमा वादी समुदायको पहिलो प्रतिनिधित्व, बालुवा चालेर हुर्केकी सीता बनिन् मन्त्री

काठमाडौं- वादी समुदायबाट पहिलो पटक सीता वादी मन्त्री बनेकी छिन्

संक्रमणकालीन न्यायको विषय अब टुङ्ग्याउनुपर्छ : मन्त्री गौतम

काठमाडौं- कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले लामो समयदेखि

दुई अमेरिकी विश्वविद्यालयमा पढेका शिशिरलाई कूटनीतिको कमान्ड

काठमाडौं- नवनियुक्त युवा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा राष्ट्रिय