हितेन्द्रदेवले सम्हाले विद्युत् प्राधिकरणको नेतृत्व | Khabarhub Khabarhub

हितेन्द्रदेवले सम्हाले विद्युत् प्राधिकरणको नेतृत्व


१२ चैत्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकको जिम्मा पाएका हितेन्द्रदेव शाक्यले पद बहाली गरेका छन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकको जिम्मा हितेन्द्रदेवलाई दिएको थियो ।

शाक्यले यसअघि पनि एक पटक प्राधिकरणको नेतृत्व गरिसकेका छन् । उनलाई हटाएर तत्कालीन सरकारले कुलमान घिसिङलाई प्राधिकरणको नेतृत्वमा ल्याएको थियो । कुलमानलाई सोमबारकै मन्त्रिपरिषद् बैठकले पदबाट हटाएको थियो ।

तत्कालीन सरकारले आफूलाई हटाएर कुलमानलाई नियुक्त गरेको भन्दै शाक्यले हालेको रिटमा ३१ औँ पटक सर्वोच्च अदालतमा तारिख धाउँदा पनि फैसला आएको थिएन । शाक्यले दायर गरेको रिटमा सुनुवाइका लागि १३ पटक इजलास बसेर पनि न्यायाधीशहरूले हेर्न नभ्याउँदा उनी कार्यकाल गुजारेर घर फर्किएका थिए । तर घर फर्किसकेका हितेन्द्र कांग्रेस-एमालेको संयुक्त जोडबलमा प्राधिकरणको नेतृत्वमा फर्किएका छन् ।

शाक्यको चार वर्षे कार्यकालको अवधि मुद्दा विचाराधीन हुँदै गुज्रेको अवस्थामा अब कांग्रेस-एमालेले काँध थापेर प्राधिकरणमा फर्काएका हुन् ।

शाक्यलाई यसअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २६ माघ २०७७ गते चार वर्षका लागि प्राधिकरणको कार्यकारी निर्देशक बनाएको थियो । यस पटक पनि ओलीले नै प्राधिकरणमा फर्काए ।

तर ०७८ सालमा तत्कालीन ओली सरकार ढलेपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारले शाक्यलाई हटाएर घिसिङलाई कार्यकारी निर्देशक बनाएको थियो। सरकारको त्यस निर्णयविरुद्ध शाक्य सर्वोच्च गएका थिए ।

कुलमान घिसिङको पहिलो चारवर्षे कार्यकाल सकिएर रिक्त रहेको पदमा शाक्य नियुक्त भएका थिए । प्राधिकरणमा वरिष्ठताको हिसाबले आफूभन्दा कुलमान ६ वर्ष कनिष्ठ रहेको हितेन्द्रले बताउँदै आएका थिए ।

कुलमानको पहिलो कार्यकालमा आफूले कनिष्टको नेतृत्व स्वीकार गरेर काम गरेको उनले बताएका थिए । तर, आफूलाई हटाएर कुलमानकै दोस्रो नियुक्तिका कारण आफूमाथि अन्याय भएको शाक्यको चित्त दुःखाइ थियो । तर उनको चित्त दुखाइलाई सर्वोच्चले कहिल्यै सम्बोधन गरिदिएन ।

हितेन्द्रदेव प्राधिकरणको कार्यकारी निर्देशक बनेको ६ महिना नपुग्दै ०७८ असारमा ओली नेतृत्वको सरकार ढलेको थियो । सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री बनेका थिए । माओवादी नेतृ पम्फा भुसाल ऊर्जामन्त्री बनिन् ।

सरकार बनेको एक महिना नबित्दै देउवा मन्त्रिपरिषदले ऊर्जामन्त्रीको सिफारिसमा ०७८ साउन २६ गते हितेन्द्रदेवलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएर ऊर्जा आयोगमा विशेषज्ञ पद सिर्जना गरी सदस्य बनायो । त्यही दिनको मन्त्रिपरिषदले कुलमान घिसिङलाई दोस्रोपटक कार्यकारी निर्देशक नियुक्त गर्‍यो ।

सरकारले नियुक्ति दिएका आधारमा हितेन्द्रको चार वर्षे कार्यकाल ०८१ माघ २६ मा सकिनुपर्ने हो । तर, ६ महिनामात्रै कार्यकारी निर्देशकका रुपमा काम गर्न पाएका उनले आफ्नो पूरै कार्यकाल अदालतको निर्णय कुर्दैमा बिताएर घर गएका थिए ।

शाक्यको रिट तत्कालीन न्यायाधीश चोलेन्द्र शम्शेर जबरासहित कुमार रेग्मी, मीरा खडका, डा. कुमार चुडाल, प्रकाश कुमार ढुंगाना, डा. मनोजकुमार शर्मा, सपना प्रधान मल्ल, सुष्मालता माथेमा, आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा, प्रकाशमान सिंह राउत, बालकृष्ण ढकाल र टेकप्रसाद ढुङ्गानाको इजलासमा पेसी चढेको थियो।

तर यी कुनै पनि न्यायाधीशले शाक्यको मुद्दा सुनुवाइ गरेर आदेश नदिएपछि घर गएका शाक्यलाई दुई ठूला दलले चर्को जनआक्रोशको प्रवाह गरी सोमबार कुलमानलाई प्राधिकरणबाट हटाए । कुलमान हटेकै दिन शाक्यलाई प्राधिकरणको नेतृत्व यी दुई दलले सुम्पिएका छन् ।

तस्बिरहरू – नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ७ : ५३ बजे

रुसले फेरि हवाई आक्रमण सुरु गर्‍यो : युक्रेन

किएभ– मस्को र किएभले एकअर्कामाथि इस्टर युद्धविराम उल्लङ्घन गरेको आरोप

बैंकक पुगेर परराष्ट्रमन्त्रीले भनिन्- अव्यवस्थित शहरीकरण विश्वमै समस्या 

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बढ्दो अव्यवस्थित शहरीकरणले विश्वमै

भारत पुगे जेडी भान्स, ताज महल घुम्ने, जयपुरमा बिहेको निम्तो पनि मान्ने

काठमाडौं– अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत पुगेका छन् । चारदिने

जलविद्युत् आयोजनाले पानी नछाड्दा चैते धान रोप्न समस्या

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोलाबाट छ दशमलव छ मेगावाट

प्रधानमन्त्री र सुदूरपश्चिमका मुख्यमन्त्रीबीच भेट, प्रदेशको विकास बारे छलफल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर