कोहली र हजेलउड चम्केपछि आरसिबी विजयी : राजस्थान ११ रनले पराजित | Khabarhub Khabarhub

कोहली र हजेलउड चम्केपछि आरसिबी विजयी : राजस्थान ११ रनले पराजित


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तिम दुई ओभरमा चुकेपछि राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा फेरि जितिसकेको खेल गुमाएको छ।

बिहीबार भएको खेलमा रोयल च्यालेन्जर बंगलोरुले राजस्थान रोयल्सलाई ११ रनले हरायो। २०६ रनको लक्ष्य पछ्याएको राजस्थानका लागि अन्तिम दुई ओभरमा जितका लागि १८ रन आवश्यक थियो। साथै ५ विकेट साथमा थियो।

१९ औँ ओभरमा जोस हजेलउडले १ रन दिएर ध्रुव जुरेल र जोफ्रा आर्चरको विकेट लिएपछि यस दयालले अन्तिम ओभरका बंगलोरुलाई जित दिलाए। अन्तिम ओभरका पनि दुई विकेट गुमाएको राजस्थान ९ विकेट गुमाउँदै १९४ रनमा सीमित भयो।

शानदार सुरुवात गरेको राजस्थानका लागि प्रारम्भिक ब्याट्सम्यान यशस्वी जयसवालले १९ बलमा ४९ रन जोडे। जुरेलले ३४ बलमा ४७ रन जोडे। प्लेयर अफ द म्याच समेत घोषित हलेजउडले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए। क्रुनाल पाण्डेले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए।

बंगलोरुले घरेलु भूमिमा टस हारेर पहिले ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा २०५ रन बनाएको थियो। बंगलोरुका लागि विराट कोहलीले ४२ बलमा ७० रन तथा देवीदत्त पाणीकलले २७ बलमा ५० रन जोडे। जितेस शर्माले १० बलको सामना गर्दै अविजित २० रन बनाए। राजस्थानका सन्दीप शर्माले दुई विकेट लिए पनि चार ओभरमा ४५ रन खर्चिए।

विजयी बंगलोर ९ खेलमा १२ अङ्कसहित तेस्रो स्थानमा उक्लेको छ। राजस्थान भने चार अङ्क सहित आठौँ स्थानमा छ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ६ : १५ बजे

पर्यटन मन्त्रालयको काम नियमित

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको काम नियमित सञ्चालनमा

महान्यायाधिवक्तामा सविता भण्डारी नियुक्त हुँदै

काठमाडौँ- वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ता बन्ने भएकी छन् ।

सिजन मिडियाको अस्ट्रेलियामा प्रोफेशनल अचिभमेन्ट अवार्ड सम्पन्न

काठमाडौं– सिजन मिडियाले हिमाली कल्चरल ग्रुप र इभेन्ट्स नेपाल अस्ट्रेलियासँगको

रुसको लेनिनग्रादमा रेल दुर्घटना, एक जनाको मृत्यु

मस्को– रुसको लेनिनग्रादमा आइतबार बिहान दुईवटा रेल आपसमा ठोक्किएर भएको

राष्ट्रपतिबाट महान्यायाधिवक्ता बडालको राजीनामा स्वीकृत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता रमेश बडालको राजीनामा आइतबार स्वीकृत