शिक्षकका माग सम्बोधन गर्न उच्चस्तरीय संयन्त्र जिम्मेवार बन्नुपर्छ : नैनसिंह महर « Khabarhub

शिक्षकका माग सम्बोधन गर्न उच्चस्तरीय संयन्त्र जिम्मेवार बन्नुपर्छ : नैनसिंह महर


१२ बैशाख २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय शिक्षा विभाग प्रमुख नैनसिंह महरले शिक्षकका माग सम्बोधनका लागि सरकार, संसद् र सरकार सञ्चालनमा सहयोग गर्न बनेको उच्चस्तरीय संयन्त्रलाई जिम्मेवार बन्न आग्रह गरेका छन् । 

उनले शुक्रबार विज्ञप्ति जारी गर्दै शिक्षकहरूका जायज माग सम्बोधन गरी शैक्षिक क्षेत्रमा देखिएको समस्या समाधान गर्न संसद्, सरकार र सरकार सञ्चालनमा सहयोग गर्न बनेको उच्चस्तरीय संयन्त्रलाई गम्भीर बन्न आग्रह गरेका हुन् । 

‘आजबाट सुरु भएको संसद् अधिवेशनले शिक्षक आन्दोलनको निकास दिने गरी शीघ्रतिशीघ्र विद्यालय शिक्षा विधेयक पारित गर्न पुनः माग गर्दछु,’ कांग्रेस केन्द्रीय सदस्य महरले भनेका छन् । 

संविधान जारी हुँदा संविधानको पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुन तीन वर्षभित्र निर्माण गरिसक्नुपर्ने व्यवस्था गरिएको स्मरण गर्दै उनले संविधान जारी भएको १० वर्ष भइसक्दा पनि संसद्को गैर जिम्मेवारीले झण्डै तीन सय कानुन बन्न नसकेको अवस्था रहेको बताएका छन् । 

‘जसका कारण कानुनी राज्यको अवधारणाको समेत खिल्ली उडाएको छ । संघीय सरकार, संसद् र सांसदहरूले कानुन निर्माण गर्ने आफ्नो पदीय दायित्व र जिम्मेवारी बोध नगरी व्यक्तिगत र पार्टीगत स्वार्थमा रुमलिँदा कानुन निर्माणले गति नलिएको तथ्य हाम्रो सामु छ,’ महरले भनेका छन् ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  १२ : ५१ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौं – देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज