गण्डकी प्रदेशसभा सदस्य शेरचनबाट राजीनामाको चेतावनी  « Khabarhub

गण्डकी प्रदेशसभा सदस्य शेरचनबाट राजीनामाको चेतावनी 


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

पोखरा– सत्ता टिकाउन गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फरक दलका सांसदलाई मन्त्री पद दिएर सत्ता टिकाउन गणित मिलाएका छन् । तर आफ्नै दलका सदस्यहरूलाई भने बेवास्ता गर्ने गरेको आरोप मुख्यमन्त्रीमाथि लाग्दै आएको छ ।

यस्तै आरोपकाबीच गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले आफूले राखेका मागहरू बारम्बार उपेक्षा हुँदै आएको भन्दै राजीनामा दिने चेतावनी दिएका छन् । शनिबार राति सामाजिक सञ्जाल फेसबुकमा राजीनामाको नमूना सार्वजनिक गर्दै शेरचनले गम्भीर असन्तुष्टि जनाएका हुन् । शेरचन नेपाली कांग्रेसकातर्फबाट मुस्ता (२) बाट गण्डकी प्रदेशसभामा निर्वाचित सांसद हुन् । 

शेरचन आइतबार बसेको संसदीय दलको बैठकबाट बीचैमा बाहिरिएका थिए । बैठकमा कुरा राख्ने क्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको व्यवहारप्रति असन्तुष्टि जनाउँदै उनी बैठकबाट बाहिरिएका थिए । मुख्यमन्त्रीले बर्खे अधिवेशन सुरु हुने अघिल्लो दिन शनिबार बिहान दलका पदाधिकारीको बैठक र दिउँसो दलको पूर्ण बैठक डाकेका थिए ।

सभामुखलाई सम्बोधन गरी फेसबुकमा सार्वजनिक गरिएको राजीनामा पत्रमा शेरचनले लेखेका छन्, ‘श्रीमान्, गहिरो आत्ममन्थनपछि म, गण्डकी प्रदेशसभाको सदस्य विकल शेरचन, पदबाट तत्काल लागू हुने गरी राजीनामा दिन चाहन्छु।’

उनले अघिल्लो र चालु वर्षको बजेटमा समेत दुर्गम क्षेत्रका आवश्यकताहरू बेवास्ता गरिएको आरोप लगाएका छन्। ‘मुस्ताङ जस्तो संवेदनशील, भौगोलिक रूपमा जटिल र सम्भावनायुक्त जिल्लालाई प्राथमिकतामा राखिनुपर्ने हो, तर बजेट निर्माण प्रक्रियाले यसलाई निरन्तर पछाडि पार्ने प्रवृत्ति देखाएको छ,’ शेरचनले लेखेका छन् ।

उनका अनुसार पूर्वाधार विकास, आर्थिक सशक्तीकरण, उच्च हिमाली स्वास्थ्य जोखिम न्यूनीकरण, जलवायु अनुकूलन र युवाका लागि अवसर सिर्जना गर्नेजस्ता विषयमा आफूले दिएको आग्रह उपेक्षित हुँदै आएको छ ।

राजीनामालाई उनले आन्तरिक असहमति र राजनीतिक प्रणालीप्रतिको गम्भीर चिन्ताको अभिव्यक्ति भनेका छन्। ‘यो कुनै भागदौड होइन, बरु एक जिम्मेवार अपिल हो । यसले हाम्रो राजनीतिक र नीतिगत प्रणालीलाई आत्मसमीक्षा गर्न प्रेरणा देओस् भन्ने मेरो आशा छ,’ उनले भनेका छन् ।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ७ : २६ बजे

सरकारलाई हर्कको प्रश्न : टेम्पो भिरबाट गुल्ट्याउने, मोबाइल पानीमा डुबाउने, घरमा प्रहरीले ढुंगा हान्ने, यो कस्तो सुशासन हो ?

काठमाडौं- श्रमसंस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राईले प्रधानमन्त्री वालेन

पद्माको चुनौती : मन्त्रीहरूको धम्की धेरै भयो, पुराना दलको सबै फाइल खोले हुन्छ

काठमाडौं- नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रधानमन्त्री बालेन

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौं– अन्धोपन निवारणका लागि आँखा उपचार सेवामा अतुलनीय योगदान पुर्‍याएको जनाउँदै

नेपालको आँखा स्वास्थ्य सेवामा फड्को: ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै

काठमाडौं– नेपालमा आँखा स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्न गुणस्तर सुनिश्चित

काभ्रेको नदी तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै

काभ्रे– वर्षाका कारण हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न काभ्रेपलाञ्चोकका विभिन्न