विवादास्पद पूर्व युक्रेनी अधिकारीको स्पेनमा हत्या : कार पार्किङमा लगातार गोली प्रहार | Khabarhub Khabarhub

विवादास्पद पूर्व युक्रेनी अधिकारीको स्पेनमा हत्या : कार पार्किङमा लगातार गोली प्रहार


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


807
Shares
  • change font
  • change font
  • change font

स्पेन – लामो समय युक्रेनको आन्तरिक राजनीतिमा चर्चामा रहेका आन्द्रेइ पोटनोभको म्याड्रिडमा हत्या भएको छ। म्याड्रिडमा रहेको अमेरिकी विद्यालयमा बच्चा छाडेर फर्किएका उनलाई कार पार्कमा रहेको समयमा लगातार गोली प्रहार गरेर मारिएको हो।

उनको निधनपछि युक्रेनमा हुने गरेको भ्रष्टाचार र रुसी प्रभावको एउटा अध्याय नै अन्त्य भएको बताइएको छ। रुस समर्थित पूर्व राष्ट्रपति भिक्टर यानुकोभिचको प्रभावमा रहेर उनले बारम्बार सञ्चारकर्मीलाई धर्काउने गरेको पनि त्यहाँका सञ्चार माध्यमले उल्लेख गरेका छन्।

उनको निधनमा पनि खुसीयाली मनाउने युक्रेनमा धेरै छन्। त्यहाँको समाचार संस्था युनेस्का प्राभ्डाका पत्रकार अलेक्जेन्डर होलुबोभले भने राक्षसी वकिलको संज्ञा दिएका छन्। विवादास्पद व्यक्ति पोटनोभको आलोचक युक्रेनमा धेरै थिए ।

उनी राजनीतिमा प्रवेश गर्नुअघि ल फर्म सञ्चालनमा व्यस्त थिए। सन् २०१० सम्म उनी प्रधानमन्त्री युलिया टोमसेन्कोसँग निकट रहेर काम गरेका थिए। सन् २०१० मा यानुकोभिचले सफलता पाएपछि उनले क्याम्प परिवर्तन गरेका थिए।

टोमिसेन्को प्रो पश्चिमा राजनीतिज्ञ हुन् भने यानुकोभिच प्रो रुसी हुन्। यसरी भएको कित्ता परिवर्तनलाई धेरैले धोकाको संज्ञा दिएका थिए। उनी पहिलो पटक राष्ट्रपति कार्यालयका सहायक प्रमुख भएकै समयमा सन् २०१२ मा राष्ट्रिय क्रिमिनल कोडको रूपमा नयाँ कानुन ल्याउन प्रेरित गरेका थिए।

राजनीतिक विश्लेषकका अनुसार सोभियत सङ्घ विघटनपछि युक्रेनमा आफ्नो अनुकूल काम गर्ने एक व्यक्तिको खोजी गर्ने रुसका लागि उनी उपयुक्त भएका थिए।

सत्ताको नजिक रहँदा उनले न्यायालयलाई समेत प्रभावमा पारेर आफ्नो आलोचकलाई कडा कारबाही गराएको आरोप छ। युक्रेनमा भएको परिवर्तनसँग यानुकोभिच सत्ता ढलेपछि उनी पनि रुस पुगेका थिए।

सन् २०१४ देखि रुसमा रहेका उनी सन् २०१९ मा युक्रेन फर्किएका थिए। सन् २०२२ मा रुसले फेरि युक्रेनमा आक्रमण गर्नु भन्दा अघि उनी स्पेन गएका थिए।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ७ : ५८ बजे

आर्थिक सूचक सकारात्मक भए पनि सात बुँदे सहमतिमा प्रश्न खडा भयो : नैनसिंह महर

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार गठन भएको

कञ्चनपुरका स्थानीय तहलाई ‘छाउगोठ’ भत्काउने अभियान चलाउन आग्रह

 महेन्द्रनगर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले स्थानीय तहहरूलाई ‘छाउगोठ’ भत्काउने अभियान

संविधान संशोधनका लागि आवश्यक बहुमत पुर्‍याउने जिम्मा लिन्छु : प्रचण्ड 

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

अभिमन्युको नयाँ पोस्टर सार्वजनिक, क्राइम जनरामा निर्माण भएको संकेत

काठमाडौं – भदौ ६ गते बाट प्रदर्शनमा आउन लागेको फिल्म

मिनी ट्रकमा ठोक्किँदा स्कुटर चालकको मृत्यु

दमौली– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा रोकिराखेको मिनी ट्रकमा