विवादास्पद पूर्व युक्रेनी अधिकारीको स्पेनमा हत्या : कार पार्किङमा लगातार गोली प्रहार « Khabarhub

विवादास्पद पूर्व युक्रेनी अधिकारीको स्पेनमा हत्या : कार पार्किङमा लगातार गोली प्रहार


११ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


807
Shares
  • change font
  • change font
  • change font

स्पेन – लामो समय युक्रेनको आन्तरिक राजनीतिमा चर्चामा रहेका आन्द्रेइ पोटनोभको म्याड्रिडमा हत्या भएको छ। म्याड्रिडमा रहेको अमेरिकी विद्यालयमा बच्चा छाडेर फर्किएका उनलाई कार पार्कमा रहेको समयमा लगातार गोली प्रहार गरेर मारिएको हो।

उनको निधनपछि युक्रेनमा हुने गरेको भ्रष्टाचार र रुसी प्रभावको एउटा अध्याय नै अन्त्य भएको बताइएको छ। रुस समर्थित पूर्व राष्ट्रपति भिक्टर यानुकोभिचको प्रभावमा रहेर उनले बारम्बार सञ्चारकर्मीलाई धर्काउने गरेको पनि त्यहाँका सञ्चार माध्यमले उल्लेख गरेका छन्।

उनको निधनमा पनि खुसीयाली मनाउने युक्रेनमा धेरै छन्। त्यहाँको समाचार संस्था युनेस्का प्राभ्डाका पत्रकार अलेक्जेन्डर होलुबोभले भने राक्षसी वकिलको संज्ञा दिएका छन्। विवादास्पद व्यक्ति पोटनोभको आलोचक युक्रेनमा धेरै थिए ।

उनी राजनीतिमा प्रवेश गर्नुअघि ल फर्म सञ्चालनमा व्यस्त थिए। सन् २०१० सम्म उनी प्रधानमन्त्री युलिया टोमसेन्कोसँग निकट रहेर काम गरेका थिए। सन् २०१० मा यानुकोभिचले सफलता पाएपछि उनले क्याम्प परिवर्तन गरेका थिए।

टोमिसेन्को प्रो पश्चिमा राजनीतिज्ञ हुन् भने यानुकोभिच प्रो रुसी हुन्। यसरी भएको कित्ता परिवर्तनलाई धेरैले धोकाको संज्ञा दिएका थिए। उनी पहिलो पटक राष्ट्रपति कार्यालयका सहायक प्रमुख भएकै समयमा सन् २०१२ मा राष्ट्रिय क्रिमिनल कोडको रूपमा नयाँ कानुन ल्याउन प्रेरित गरेका थिए।

राजनीतिक विश्लेषकका अनुसार सोभियत सङ्घ विघटनपछि युक्रेनमा आफ्नो अनुकूल काम गर्ने एक व्यक्तिको खोजी गर्ने रुसका लागि उनी उपयुक्त भएका थिए।

सत्ताको नजिक रहँदा उनले न्यायालयलाई समेत प्रभावमा पारेर आफ्नो आलोचकलाई कडा कारबाही गराएको आरोप छ। युक्रेनमा भएको परिवर्तनसँग यानुकोभिच सत्ता ढलेपछि उनी पनि रुस पुगेका थिए।

सन् २०१४ देखि रुसमा रहेका उनी सन् २०१९ मा युक्रेन फर्किएका थिए। सन् २०२२ मा रुसले फेरि युक्रेनमा आक्रमण गर्नु भन्दा अघि उनी स्पेन गएका थिए।

प्रकाशित मिति : ११ जेठ २०८२, आइतबार  ७ : ५८ बजे

हिल्सा नाका बन्द हुँदा सीमा क्षेत्रका नेपाली प्रभावित

हुम्ला– चीनसँगको सीमानाका हिल्सा लामो समयदेखि बन्द हुँदा सीमा क्षेत्रमा

बाढीपीडितलाई कुमारी बैंकका कर्मचारीको ‍४५ लाख बढी सहयोग

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति कुमारी बैंक लिमिटेडका

नबिलको ४२औँ वार्षिक साधारण सभा सम्पन्न, बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं– नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारण सभाले पाँच प्रतिशत

भन्सार छली गरी ल्याइएका १५ लाख बराबरका सामान बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल पर्साले १५ लाख २८ हजार बराबरको

छोरीको इच्छाविपरीत विवाह गराउँदा के हुन्छ ? प्रदर्शनमा आयो ‘अक्षरा’ 

काठमाडौं– दशैँको माहोल सुरु हुँदै गर्दा नेपाली फिल्म ‘अक्षरा’ शुक्रबारदेखि